Facebook Twitter Instagram
    Facebook Twitter Instagram YouTube
    Gandaki KhabarGandaki Khabar
    header banner
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी
    • विजनेश
    • खेलकुद
    • मनोरञ्जन
    Gandaki KhabarGandaki Khabar
    Home»गण्डकी»सत्तालोभका कारण अहिलेको अवस्था सिर्जना भयो: मन्त्री अर्याल

    सत्तालोभका कारण अहिलेको अवस्था सिर्जना भयो: मन्त्री अर्याल

    गण्डकी खबरगण्डकी खबर३ माघ २०७७, शनिबार
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email WhatsApp
    Image description

    गण्डकी खबर । कृषि तथा पशुपक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले प्रधानमन्त्रीविरुद्ध षड्यन्त्र गरेर सत्तामा पुग्ने लोभमा लागेका कारण अहिले अवस्था सिर्जना भएको बताउनुभएको छ ।

    अखिल नेपाल महिला सङ्घको केन्द्रीय कमिटीको दोस्रो बैठकमा आज उहाँले पार्टीको अनुशासन नमानेर आफ्नै पार्टीका अध्यक्षबिरुद्ध हस्ताक्षर सङ्कलन गर्दै हिँड्ने र आफ्नै राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउन तयारी गरेपछि प्रतिनिधिसभा विघटन गर्नुपरेको बताउनुभयो ।

    “प्रतिनिधिसभा विघटन नभएको भए प्रधानमन्त्री र राष्ट्रपतिलाई अहिलेसम्म फ्याकिसक्थे”, मन्त्री अर्यालले भन्नुभयो, “आफ्नालाई हटाएर सत्ता कांग्रेसलाई सुम्पिने थिए ।” लेनिवादी सङ्गठनात्मक सिद्धान्तलाई कमजोर बनाएर पार्टी एकता भएका कारण वर्तमान आएको उल्लेख उहाँले भन्नुभयो, “पार्टीभित्र कहिल्यै सरकार कसरी चलाउने रु कसरी एकता कायम राख्ने भन्नेबारेमा कहिल्यै छलफल चल्न सकेन, मलाईभन्दा दुःख भागवण्डामा मात्र नेता लागे, आजको अवस्था सत्ताका कारण उत्पन्न भएको हो ।”

    महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतोले पार्टी एकताको नाममा केही नेताको सत्तालोभका कारण गठबन्धन गरेका अहिले पुष्टि भएको बताउनुभयो । “जहिले बैठकमा पद छोड मात्र भन्ने, महाधिवेशनवाट पद छोड्छुभन्दा पनि तीन महिना कुर्न सक्नुभएन” मन्त्री महत्तोले भन्नुभयो, “कतिपय नेताले सङ्गठन र पार्टीभित्र हाम्रा होइन मेरा भन्ने मानसिकता बोकेका कारण आजको परिस्थिती आएको हो, नेतृत्वका बारेमा भ्रम सिर्जना गर्नेलाई मुकाविला गर्नुपर्छ ।”

    अनेम सङ्घका अध्यक्ष सीता पौडेलले प्रधानमन्त्रीमाथि आफ्नै पार्टीका सचिवालय सदस्यले अविश्वासको प्रस्ताव ल्याउने र राष्ट्रपतिविरुद्ध महाअभियोग दर्तासम्मको योजनाका कारण प्रतिनिधिसभा विघटन भएको बताउनुभयो । दुई दिने बैठकमा नेतृ पौडेलले विस्तारित समितिको भेला बैठक गर्न, राष्ट्रिय सम्मेलनलाई केन्द्रित गरेर राजनीतिक गतिविधिलाई तीव्र पार्न र निर्वाचनको माहौल बनाउने काममा लाग्न अनेमसङ्घका नेता कार्यकर्तालाई निर्देशनसमेत दिनुभयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    स्याङ्जामा नदीमा बगेर १६ वर्षीया बालिका बेपत्ता

    कास्की आउन रमाना बुझ्ने क्रममै पक्राउ परेका डीएसपी ठगबहादुर बर्खास्त

    Add A Comment

    Leave A Reply Cancel Reply

    धेरै पढिएको

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    गण्डकी खबर प्रा.लि.
    पोखरा -०८, न्युरोड
    सूचना तथा प्रसारण विभाग दर्ता : २२३२/ २०७७-०७८
    प्रेस काउन्सिल नेपाल दर्ता : २३८५/ २०७७-०७८
    Email: gandakikhabar@gmail.com

    गण्डकीखबर डट कम गण्डकी खबर प्रालिबाट संचालित खबर पोर्टल हो ।  
    संचालक : एमडी पौडेल
    सम्पादक : अशोक सुबेदी
    संवाददाता: सन्तोष न्यौपाने
    संवाददाता: दिल गुरुङ

    • Facebook
    • Twitter
    • Pinterest
    • YouTube
    • WhatsApp
    • Instagram
    • LinkedIn
    • TikTok

    Type above and press Enter to search. Press Esc to cancel.