Facebook Twitter Instagram
    Facebook Twitter Instagram YouTube
    Gandaki KhabarGandaki Khabar
    header banner
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी
    • विजनेश
    • खेलकुद
    • मनोरञ्जन
    Gandaki KhabarGandaki Khabar
    Home»गण्डकी»सुमो र ट्र्याक्टर ठोक्किदा एकको मृत्यु

    सुमो र ट्र्याक्टर ठोक्किदा एकको मृत्यु

    गण्डकी खबरगण्डकी खबर५ माघ २०७७, सोमबार
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email WhatsApp
    Image description

    गण्डकी खबर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खड्क नगरपालिका–८ गिरधारी राइस मिल अगाडि आइतबार भएको सवारी दुर्घटनामा एकको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे१ज २४५२ नम्बरको सुमो गिरधारी राइस मिल अगाडि रोकी राखेको स१त २५१२ नम्बरको ट्र्याक्टरमा ठोक्किएको थियो ।

    सो दुर्घटनामा परी सुमोको पछाडि सवार झापा जिल्लाको शिवसताक्षी नगरपालिका–११ डुरामणि बस्ने २५ वर्षीय रुपेश लिम्बूको मृत्यु भएको प्रहरी नायब उपरीक्षक भुवनेश्वर साहले जानकारी दिनुभयो । दुर्घटनामा परी गम्भीर घाइते भएका लिम्बूको उपचारका लागि गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    सो दुर्घटनामा घाइते भएका सुमो चालक पाँचथर जिल्ला फिदिम नगरपालिका–३ बस्ने ३४ वर्षीय टेकबहादुर दर्जीको उपचारका लागि छिन्नमस्ता अस्पताल राजविराज सप्तरी पठाइएको छ । सुमोमा सवार अर्का झापाकै गौरादह नगरपालिका–४ बस्ने ३६ वर्षीय जितबहादुर श्रेष्ठको दाहिने हात भाँचिएको छ । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    स्याङ्जामा नदीमा बगेर १६ वर्षीया बालिका बेपत्ता

    कास्की आउन रमाना बुझ्ने क्रममै पक्राउ परेका डीएसपी ठगबहादुर बर्खास्त

    Add A Comment

    Leave A Reply Cancel Reply

    धेरै पढिएको

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    गण्डकी खबर प्रा.लि.
    पोखरा -०८, न्युरोड
    सूचना तथा प्रसारण विभाग दर्ता : २२३२/ २०७७-०७८
    प्रेस काउन्सिल नेपाल दर्ता : २३८५/ २०७७-०७८
    Email: gandakikhabar@gmail.com

    गण्डकीखबर डट कम गण्डकी खबर प्रालिबाट संचालित खबर पोर्टल हो ।  
    संचालक : एमडी पौडेल
    सम्पादक : अशोक सुबेदी
    संवाददाता: सन्तोष न्यौपाने
    संवाददाता: दिल गुरुङ

    • Facebook
    • Twitter
    • Pinterest
    • YouTube
    • WhatsApp
    • Instagram
    • LinkedIn
    • TikTok

    Type above and press Enter to search. Press Esc to cancel.