
गण्डकी खबर । नेपालमा सोमबार थप ३ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा थप ४ हजार ३ सय ६ जनाको पीसीआर गरिएकोमा १ सय ९८ जना पुरुष र १ सय २४ जना महिला गरी जम्मा ३ सय २२ जनामा नतिजा पोजेटिभ देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६७ हजार ६ सय ४४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप ३ सय ७४ निको भएसँगै निको हुनेको कूल संख्या २ लाख ६१ हजार ८ सय १८ पुगेको मन्त्रालयले जनाएको छ । नेपालमा कोरोनाबाट ६ जनाको मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ९ सय ६५ पुगेको छ । मन्त्रालयका अनुसार नेपालमा हाल क्वारेन्टिनमा २ सय २१ जना रहेका छन् भने ३ हजार ८ सय ६१ जना आइसोलेसनमा रहेका छन् । सरकारले नेपालमा ३ जनामा नयाँ प्रजातिको कोरोना समेत देखिएको बताएको छ भने संक्रमणको जोखिम रहेकाले सावधानी अपनाउन अनुरोध गरेको छ ।