Facebook Twitter Instagram
    Facebook Twitter Instagram YouTube
    Gandaki KhabarGandaki Khabar
    header banner
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी
    • विजनेश
    • खेलकुद
    • मनोरञ्जन
    Gandaki KhabarGandaki Khabar
    Home»गण्डकी»नागरिक एप्स’ बारे सुझाव दिन मन्त्री गुरुङको आग्रह

    नागरिक एप्स’ बारे सुझाव दिन मन्त्री गुरुङको आग्रह

    गण्डकी खबरगण्डकी खबर५ माघ २०७७, सोमबार
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email WhatsApp
    Image description

    गण्डकी खबर । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले परीक्षणका रुपमा रहेको ‘नागरिक एप्स’ मा सुधार्नुपर्ने पक्षहरुबारे सार्वजनिक सुझाव दिन आग्रह गर्नुभएको छ ।

    मन्त्री गुरुङले आज सार्वजनिक आह्वान गरी सो एप्समा भएका सुविधामा सुधार गर्नुपर्ने पक्ष र थप गर्नुपर्ने सुविधाबारे सुझाव दिन आग्रह गर्नुभएको हो । उहाँले ‘डिजिटल नेपाल अभियान’ हरेक व्यक्ति तथा क्षेत्रलाई पारदर्शी र जिम्मेवार बनाउन सो एप्स एक महत्वपूर्ण कडी साबित हुने बताउनुभयो ।

    नेपाल सरकारको राष्ट्रिय गौरवको कार्यक्रम रहेको सो एप्स मन्त्री गुरुङले गत शुक्रबार परीक्षण शुभारम्भ गर्नुभएको थियो । यसमा हाल नागरिकका स्थायी लेखा नम्बर, नागरिकता, शैक्षिक विवरण, नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष, सामाजिक सुरक्षा कोष, ‘हेल्लो सरकार’ आदि सेवा क्षेत्रका विवरण समावेश गरिएको छ ।

    विभिन्न सरकारी सेवा लिन घन्टौँ लाइन बस्नुपर्ने अवस्थाको अन्त्य गर्न सरकारले अनलाइनबाट सहजै सेवा दिन यो कार्यक्रम अघि सारेको हो । आज दिउँसोसम्म सो एप्सलाई दुई लाख ३८ हजार ८०६ जनाले डाउनलोड गरिसकेका छन् ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले सो एप्सलाई अधिकतम् उपयोग गर्न यसअघि सार्वजनिक आह्वान गर्नुभएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    स्याङ्जामा नदीमा बगेर १६ वर्षीया बालिका बेपत्ता

    कास्की आउन रमाना बुझ्ने क्रममै पक्राउ परेका डीएसपी ठगबहादुर बर्खास्त

    Add A Comment

    Leave A Reply Cancel Reply

    धेरै पढिएको

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    गण्डकी खबर प्रा.लि.
    पोखरा -०८, न्युरोड
    सूचना तथा प्रसारण विभाग दर्ता : २२३२/ २०७७-०७८
    प्रेस काउन्सिल नेपाल दर्ता : २३८५/ २०७७-०७८
    Email: gandakikhabar@gmail.com

    गण्डकीखबर डट कम गण्डकी खबर प्रालिबाट संचालित खबर पोर्टल हो ।  
    संचालक : एमडी पौडेल
    सम्पादक : अशोक सुबेदी
    संवाददाता: सन्तोष न्यौपाने
    संवाददाता: दिल गुरुङ

    • Facebook
    • Twitter
    • Pinterest
    • YouTube
    • WhatsApp
    • Instagram
    • LinkedIn
    • TikTok

    Type above and press Enter to search. Press Esc to cancel.