leading news portal from gandaki

तोलामा रु १३०० ले घट्यो सुनको मूल्य

गण्डकी खबर । स्थानीय बजारमा पहेंलो धातुको मूल्य आज प्रतितोला रु एक हजार ३०० ले ओरालो लागेको छ । पछिल्ला केही दिनमा लगातार उकालो लागेको सुनको मूल्यमा आज भने एकै पटक ठूलो मात्रामा ह्रास देखिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि छापावाला सुन प्रतितोला रु ९५ हजार ४०० मा बिक्री गर्ने गरी मूल्य निर्धारण गरेको छ । यो बुधबारका तुलनामा रु एक हजार ३०० ले कम हो । छापावाला सुन बुधबार प्रतितोला रु ९६ हजार ७०० मा कारोवार भएको थियो ।

यस्तै तेजाबी सुन प्रतितोला रु ९४ हजार ९०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । सोही सुन बुधबार तोलामा रु ९६ हजार २०० मा कारोवार भएको थियो । तेजाबी सुन बुधबारका तुलनामा आज तोलामा नै रु एक हजार ३०० ले घटेको छ । यस्तै चाँदी भने तोलामा रु १० ले मात्रै ओरालो लागेको छ । प्रतितोला रु एक हजार ३४० मा बुधबार कारोवार भएको चाँदी आज भने एक हजार ३३० मूल्य निर्धारण भएको छ ।

सम्वन्धित खबर
प्रतिक्रिया दिनुहोस्

तपाइको इमेल गोप्य रहनेछ

साताको ट्रेन्डीङ्

भोलि पुष १५ गण्डकी प्रदेशमा सार्वजनिक बिदा

By Gandaki Khabar / १४ पुष २०७७, मंगलवार १६:३७ / 0 Comments

शेयर बजारमा नयाँ रेकर्ड

By Gandaki Khabar / १९ पुष २०७७, आईतवार १८:०० / 0 Comments

पोखरामा कोरोना संक्रमित महिलाको निधन

By Gandaki Khabar / २५ पुष २०७७, शनिबार १६:०६ / 0 Comments

माघे सङ्क्रान्तिमा सार्वजनिक बिदा

By Gandaki Khabar / २८ पुष २०७७, मंगलवार २०:०५ / 0 Comments

सिफारिस