Facebook Twitter Instagram
    Facebook Twitter Instagram YouTube
    Gandaki KhabarGandaki Khabar
    header banner
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी
    • विजनेश
    • खेलकुद
    • मनोरञ्जन
    Gandaki KhabarGandaki Khabar
    Home»गण्डकी»विदेशका दुःख सम्झेर तरकारी खेतीमा रमाउँदै युवा

    विदेशका दुःख सम्झेर तरकारी खेतीमा रमाउँदै युवा

    गण्डकी खबरगण्डकी खबर६ माघ २०७७, मंगलवार
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email WhatsApp
    Image description

    गण्डकी खबर ।  शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका वीरेन्द्र चौधरीलाई पैसाका लागि अरुको मुख ताक्नुपरेको छैन । पैसाकै लागि मजदुरी गर्नुपर्ने र वैदेशिक रोजगारीमा जाने हतारोसमेत छैन । घरकै बारीमा तरकारी खेती गरेर उहाँले वार्षिकरूपमा रु आठ लाख बढी आम्दानी गर्दै आउनुभएको छ । विदेशमा दुःख गर्दासमेत गतिलो आम्दानी हात पार्न नसकेका उहाँले बारीमा तरकारी रोप्न थालेपछि विगतका दुःखका दिन बिर्सेका छन् ।

    दुई वर्षका लागि वैदेशिक रोजगारी गर्न साउदी अरेविया गएका उहाँलाई स्वास्थ्यले साथ नदिएपछि पूरा समयावधि काम गर्न नपाइ स्वदेश फर्केका हुन् । “धेरै पैसा कमाउने सपना बोकेर वैदेशिक रोजगारीमा गएको थिएँ”, उहाँले भन्नुभयो, “अत्यधिक गर्मीका कारण पेट दुख्ने र खुट्टा दुख्नेलगायत स्वास्थ्य समस्याले काम गर्न नपाइ घर फिर्ता भएँ । वैदेशिक रोजगारीमा जाँदा लागेको कर्जा र पछि उपचार गर्न लागेको कर्जा तिर्न निकै समस्या थियो ।”

    “गाउँकै साहुबाट कर्जा लिएकाले घरदैलोमै पैसा माग्नका लागि आउने गर्दथे”, विगत सम्झँदै उहाँले भन्नुभयो, “घर फर्केपछि हाउस पेन्टिङको कार्य गर्न थाले । त्यसबाट केही पैसा जम्मा भयो । ती पैसामध्ये केही कर्जावापतको ब्याज तिर्न भ्याएँ । जम्मा भएको केही रकम तरकारी खेतीका लागि आवश्यक पर्ने बीउबिजन, रसायनिक मल, विषादी खरिद गर्नका लागि राखेँ ।”

    शुरुमा थारै जग्गामा तरकारी खेतीका गरेका चौधरीले विस्तारै तरकारी खेती गर्ने जग्गाको क्षेत्रफल बढाउँदै लगे । हाल स्वामित्वको दुई बिघा जग्गामा उहाँले तरकारी रोप्नुभएको छ । “परम्परागतरूपमा तरकारी रोप्दै आएका थियौँ”, उहाँले भन्नुभयो, “तालिम लिएपछि तरकारी लगाउने तौरतरिका सिकेपछि आम्दानी मात्रै बढेको छैन । वैदेशिक रोजगारीमा जाँदा लागेको कर्जासमेत तिर्न सकिएको छ ।” उहाँको हिउँदे तरकारी बालीमा आलु, काउली, ब्रोकाउली, गोलभेँडा, खुर्सानी, बन्दा, हरियो सागपातलगायत रहेको छ ।

    बेमौसमी तरकारी बालीका रूपमा उहाँले काँक्रा, लौका, फर्सी, तितेकरेलालगायत प्लाष्टिक टनेलमा लगाउनुभएको छ । बर्खे तरकारीमा तनेबोडी, तितेकरेलाको खेती उहाँले गर्दै आउनुभएको छ । विदेशको दुःखले स्वदेशमै आयआर्जनमूलक कार्य गर्नुपर्छ भन्ने सोच राखेर तरकारी खेती गरेको उहाँ बताउनुहुन्छ । “कर्जा तिर्न कुनै उपाय थिएन”, उहाँले भन्नुभयो, “बारीमै मेहेनत गर्न परिवारले सघाए, त्यसपछि आम्दानी बढ्दै गएको छ । मेहेनत गरेपछि जे पनि सम्भव हँुदोरहेछ ।”

    उहाँले तरकारी खेतीसँगै बङ्गुर, ब्रोइलर कुखुरा र स्थानीय जातका कुखुरासमेत पालन गर्नुभएको छ । किसान चौधरीजस्तै बेलडाँडी गाउँका २० बढी परिवार तरकारी खेतीमा संलग्न रहेका छन् । तरकारी खेतीमा संलग्न सबैका घरघरमा दुईदेखि चारसम्म मौसमी तथा बेमौसमी तरकारी खेती गर्नका लागि प्लाष्टिका टनेल निर्माण गरिएका छन् । प्लाष्टिका टनेलसँगै यहाँका किसानले खेतबारीमा तरकारी उत्पादन गरी बेच्दै आएका छन् । सिँचाइका लागि पुरानो गाउँमा कुलो छ ।

    त्यसै कुलोको पानी प्रयोग गरी तरकारीलगायतको खेतीमा सिँचाइको व्यवस्था हुने गरेको छ । तीन कठ्ठा जग्गामै गोलभेँडा खेती गरी गत वर्ष रु ६० हजार आम्दानी हात पारेका तेजबहादुर चौधरीले यस वर्ष गोलभेँडा खेतीको क्षेत्र विस्तार गर्नुभएको छ । हालसम्म रु ४० हजार बढीको गोलभेँडा र रु ७० हजार बढीको काउली उहाँले बिक्री गर्नुभएको छ । “खर्च कटाएर एक सिजनमै गत वर्ष रु दुई लाख आम्दानी हात परेको थियो”, उहाँले भन्नुभयो, “यस वर्ष तरकारी सप्रिएकाले आम्दानी दोब्बर हुन्छ ।”

    बेलडाँडी गाउँका तरकारी खेतीमा संलग्नहरुको आम्दानी रु पाँच लाखदेखि वार्षिकरूपमा रु १५ लाख बढी हुने गरेको छ । यहाँका युवाहरु विगतमा परिवारको खर्च चलाउनकै लागि वैदेशिक रोजगारी र मजदुरीका लागि भारतमा जाने कार्य गर्दै आएका थिए । तरकारी खेतीबाट गतिलो आम्दानी हुन थालेपछि युवा यसमै रमाउन थालेका छन् । “तरकारी खेती हुन थालेपछि वैदेशिक रोजगारीमा जान हुरुक्क हुने युवासमेत गाउँमै तरकारी खेती गर्न हौसिन थालेका छन्”, राधा चौधरीले भन्नुभयो, “तरकारी खेतीबाटै सोचेजस्तो आम्दानी हुन थालेपछि विदेशिनेहरु रोकिएका हुन् । विगतमा हुल नै बाँधेर भारततर्फ जानेको लर्को नै लाग्ने गरेको थियो । त्यो तरकारी खेतीले रोकेको छ ।”

    कुलोको सिँचाइ गर्न पालो मिलाउने गरिएको छ । सिँचाइको कुलोबाट पानी लगाउन विलम्ब भए धेरैले घरमै जडान गरेको विद्युतीय मोटरबाट पानी तानेर सिँचाइ गर्ने गरेका छन् । तरकारी खेतीमा संलग्न किसानको एउटै दुःखेसो छ । त्यो भनेको तरकारी उत्पादन भएपछि बेच्ने झन्झट । केही तरकारी गाउँमै हुने विवाह, भोजभतेरमा खपत हुने गरेको छ । बाँकी रहेको तरकारी बेच्नका लागि टाढाको धनगढी, अत्तरिया र महेन्द्रनगरसम्म पु¥याएर व्यापारीले तय गरेको दररेटमै बेच्नुपर्ने हुन्छ ।

    बिचौलियाले तरकारी बजारमै सस्तोमा तरकारीको बोली लगाई खरिद गर्ने भएकाले कुनै बेला लागतसमेत नउठ्नेसम्ममा बेचेर फर्कनुपर्ने अवस्था रहेको किसानको गुनासो छ । यहाँका किसानले गाउँमै तरकारी सङ्कलन केन्द्रको व्यवस्था गरी बिक्री वितरणको व्यवस्था गरी दिन माग गरेका छन् । कृषि ज्ञान केन्द्र कञ्चनपुरले तरकारी खेतीमा संलग्न किसानलाई अनुदानमा पावर टिलर, रोटाभेटर, सिँचाइका लागि पम्पसेट, विद्युतीय मोटर र प्लाष्टिका टनेल उपलब्ध गराउँदै आएको छ । गत वर्षमात्रै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत यहाँका एक दर्जन बढी किसानलाई कृषि उपकरण र यन्त्र उपलब्ध गराइएको थियो ।

    व्यावसायिक तरकारी खेतीमा लागेका किसानलाई अझै पनि आवश्यकता र मागका आधारमा तालिमसँगै आधुनिक यन्त्र र उपकरण दिइने कृषि ज्ञान केन्द्रका अधिकृत रणबहादुर मल्लले बताउनुभयो । तरकारी खेतीबाटै बेलडाँडीका किसानले पक्की घर निर्माण गर्नेदेखि सवारी साधानका रूपमा मोटरसाइकलसमेत जोडेका छन् ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    स्याङ्जामा नदीमा बगेर १६ वर्षीया बालिका बेपत्ता

    कास्की आउन रमाना बुझ्ने क्रममै पक्राउ परेका डीएसपी ठगबहादुर बर्खास्त

    Add A Comment

    Leave A Reply Cancel Reply

    धेरै पढिएको

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    गण्डकी खबर प्रा.लि.
    पोखरा -०८, न्युरोड
    सूचना तथा प्रसारण विभाग दर्ता : २२३२/ २०७७-०७८
    प्रेस काउन्सिल नेपाल दर्ता : २३८५/ २०७७-०७८
    Email: gandakikhabar@gmail.com

    गण्डकीखबर डट कम गण्डकी खबर प्रालिबाट संचालित खबर पोर्टल हो ।  
    संचालक : एमडी पौडेल
    सम्पादक : अशोक सुबेदी
    संवाददाता: सन्तोष न्यौपाने
    संवाददाता: दिल गुरुङ

    • Facebook
    • Twitter
    • Pinterest
    • YouTube
    • WhatsApp
    • Instagram
    • LinkedIn
    • TikTok

    Type above and press Enter to search. Press Esc to cancel.