Facebook Twitter Instagram
    Facebook Twitter Instagram YouTube
    Gandaki KhabarGandaki Khabar
    header banner
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी
    • विजनेश
    • खेलकुद
    • मनोरञ्जन
    Gandaki KhabarGandaki Khabar
    Home»गण्डकी»प्रदेश सरकारले शिर ठाडो हुनेगरी काम गरिरहेको छ ः मुख्यमन्त्री पौडेल

    प्रदेश सरकारले शिर ठाडो हुनेगरी काम गरिरहेको छ ः मुख्यमन्त्री पौडेल

    गण्डकी खबरगण्डकी खबर६ माघ २०७७, मंगलवार
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email WhatsApp
    Image description

    गण्डकी खबर । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले वाग्मती प्रदेश सरकारले शिर ठाडो हुनेगरी काम गरिरहेको बताउनुभएको छ ।

    “वाग्मती प्रदेश विकास दर्पण”को विमोचन गर्दै मुख्यमन्त्री पौडेलले विकासका योजना निर्माण र कार्यान्वयन, सुशासन कायम, आर्थिक विकासलगायत सबै प्रकारका सूचकहरुमा वाग्मती प्रदेश अगाडि रहेको धारणा राख्नुभयो । पौडेलले सडक, पुल, खानेपानी, सिंचाइ जस्ता विकासका आधारभूत आवश्यकता पुरा गर्नेदेखि लिएर सुरुङमार्ग निर्माणको योजनासमेत कार्यान्वयनको चरणमा रहेको बताउनुभयो ।

    मुख्यमन्त्री पौडेलले अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्नुपर्ने तथा केन्द्र सरकारसँग समेत साझेदारी गर्नुपर्ने भएका कारण सुरुङमार्ग निर्माणमा केही ढिलाइ भएको भए पनि अब केही समयमै निर्माण प्रारम्भ हुने बताउनुभयो ।

    सरकारले विद्युतीय सवारीलाई प्राथमिकता दिन लागेको बताउँदै वाग्मती प्रदेशका हरेक योजना अन्य क्षेत्रका लागिसमेत अनुकरणीय हुने गरेको उहाँले बताउनुभयो । पौडेलले ‘सुसंस्कृत र सुखी जनता समाजवाद उन्मुख समृद्ध प्रदेश’ को दुरगामी सोचलाई पूरा गर्न प्रदेशको पहिलो आवधिक योजना २०७६÷७७÷ २०८०÷८१ कार्यान्वयनमा ल्याइएको, प्रदेश नीति तथा योजना आयोगबाट दिगो विकास लक्ष्यसहित अन्य दस्तावेज तयार भई कार्यान्वयनमा ल्याइएको, आफू र मन्त्रीहरूबीच, मन्त्री र सचिवबीच एवं सबै तहका कार्यालय प्रमुखसँग कार्य सम्पादन करार सम्झौता भएको र त्यसको परिणाम सकारात्मक आएको उल्लेख गर्नुभयो ।

    मुख्यमन्त्री पौडेलले सरकार गठनको तीन वर्ष नपुगिकनै सरकारले गरेका कामको परिणाम देखिन थालिसकेको बताउनुभयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    स्याङ्जामा नदीमा बगेर १६ वर्षीया बालिका बेपत्ता

    कास्की आउन रमाना बुझ्ने क्रममै पक्राउ परेका डीएसपी ठगबहादुर बर्खास्त

    Add A Comment

    Leave A Reply Cancel Reply

    धेरै पढिएको

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    गण्डकी खबर प्रा.लि.
    पोखरा -०८, न्युरोड
    सूचना तथा प्रसारण विभाग दर्ता : २२३२/ २०७७-०७८
    प्रेस काउन्सिल नेपाल दर्ता : २३८५/ २०७७-०७८
    Email: gandakikhabar@gmail.com

    गण्डकीखबर डट कम गण्डकी खबर प्रालिबाट संचालित खबर पोर्टल हो ।  
    संचालक : एमडी पौडेल
    सम्पादक : अशोक सुबेदी
    संवाददाता: सन्तोष न्यौपाने
    संवाददाता: दिल गुरुङ

    • Facebook
    • Twitter
    • Pinterest
    • YouTube
    • WhatsApp
    • Instagram
    • LinkedIn
    • TikTok

    Type above and press Enter to search. Press Esc to cancel.