Facebook Twitter Instagram
    Facebook Twitter Instagram YouTube
    Gandaki KhabarGandaki Khabar
    header banner
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी
    • विजनेश
    • खेलकुद
    • मनोरञ्जन
    Gandaki KhabarGandaki Khabar
    Home»गण्डकी»अलैची उत्पादनमा वृद्धिः किसानले पाएनन उचित मूल्य

    अलैची उत्पादनमा वृद्धिः किसानले पाएनन उचित मूल्य

    गण्डकी खबरगण्डकी खबर७ माघ २०७७, बुधबार
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email WhatsApp
    Image description

    गण्डकी खबर । जिल्लाको पहाडी क्षेत्रमा वर्षेनी व्यापक अलैँची उत्पादन वृद्धि हुँदै आए पनि यसले उचित मूल्य पाउन सकेको छैन । महत्वपूर्ण नगदेबालीको रुपमा रहेको अलैँची खेतीप्रति उत्साहित किसान उचित मूल्य नपाउँदा भने निराश देखिएका छन् ।

    कुनै समयमा राम्रो मूल्यमा बिक्री हुने गरेको कारण अलैँची खेतीमा हौसिएर जिल्लाका पहाडी क्षेत्रका किसानले अलैँची उत्पादन वृद्धि गर्न थाले पनि अहिले भने जस्तो उचित मूल्य पाउन नसक्दा अलैँची उत्पादक किसान निराश बन्न थालेका छन् । विगतका वर्षमा तीन हजारदेखि तीन हजार ५०० रुपैयाँ प्रतिकिलो मूल्यमा बिक्री हुने गरेको अलैँची अहिले ५०० रुपैयाँदेखि ८०० रुपैयाँसम्म मात्र भएपछि यहाँका अलैँची उत्पादक किसान अन्य कृषि बालीतर्फ आकर्षित हुने सम्भावना छ ।

    जिल्लाको मध्यपहाडी क्षेत्रको रौता, भुटार, पाँबु, इनामे, नामेटार, तावाश्री, साउने खाँबु, अँधेरी, छामलिङ, आँपटारसहित पश्चिमी पहाडी क्षेत्रको बाहुनीटार, सोरुङ, सिरीसे, हर्देनी, मयङ्खु क्षेत्रका किसानले उत्पादन गर्दै आएको अलैँचीले यसवर्ष उचित मूल्य पाउन नसकेको किसान बताउँछन् ।

    रौतामाई गाउँपालिका–५ आँपटारका अलैँची उत्पादक किसान वीरबहादुर राई आफूले केही वर्षयता आएर उत्पादन गरेको अलैँचीले उचित मूल्य नपाएकामा यस्तो गुनासो गर्छन् । “पहिला–पहिला अलैँचीको मूल्य राम्रो भएका कारण आर्थिक आम्दानीको लागि अलैँची खेतीमा लागियो, हिउँद, बर्खा दुःख ऋणपान गरेर अलैँची उत्पादन गर्न शुरु गयाँ, तर मङ्सिरदेखि अलैँचीको मूल्य पर्खेर बसँें, अहिले झनै घटेर ५०० रुपैयाँदेखि ८०० सम्म मात्र प्रतिकिलो मूल्य छ, यस्तो मूल्यमा कसरी दुःख गरेर उत्पादन गरेको अलैँची बिक्री गर्ने, आफूहरु निराश हुनुबाहेक अरु केही रहेन ।”

    अहिलेको मूल्यमा अलैँची बिक्री गर्दा आफूहरुको आर्थिक लगानी र श्रम पनि नउठ्ने तथा अलैँची बारीमा काम गर्ने मजदूरको ज्यालासमेत तिर्न नपुग्ने गुनासो ताप्ली गाउँपालिका तावाश्रीका पञ्चमान तामाङको रहेको छ । उहाँ भन्नुहुन्छ, “बरु मङ्सिर÷ पुससम्म एक हजारदेखि एक हजार ५०० रुपैयाँ प्रतिकिलो मूल्य रहेको थियो, अहिले त झनै अलैँची व्यापारीले ५०० देखि ८०० रुपैयाँ प्रतिकिलोमा मूल्य झारे, अब अलैँची बिक्री गर्नु भन्दा आगोमा डढाएर मन बाध्नुबाहेक आफूहरुको अरु विकल्प छैन ।”

    जिल्लाका सदरमुकाम गाईघाट तथा मुर्कची बजारका स्थानीय अलैँची खरीदकर्ताले विराटनगर इटहरी क्षेत्रमा अलैँचीको मूल्य घटेको भन्दै अहिले उदयपुरको पहाडी क्षेत्रमा उत्पादन हुने अलैँचीको मूल्य प्रतिकिलो ५०० रुपैयाँदेखि बढीमा एक हजार रुपैयाँ प्रतिकिलो निर्धारण गरेपछि यस क्षेत्रका किसान मारमा पर्नु परेको किसानले व्यापक गुनासो गर्न थालेका छन् ।

    उदयपुर गढी डुम्रेका अलैँची उत्पादक किसान रामबहादुर मगर भन्नुहुन्छ, “पहिला–पहिला अलैँची प्रतिकेजीको मूल्य चार हजारसम्ममा बिक्री हुने भनेको सुनेर आफू पनि हौसिएर यो खेतीमा लागेका हौँं, तर दुई वर्षदेखि आफूले पनि अलैँची उत्पादन गरेर बिक्री गर्न शुरु गरेपछि मूल्य नै नपाउने गरेको कारण बेकारमा यो खेतीमा लागिएछ भन्ने पछुतो लाग्न थालेको छ ।”

    पहिला अलैँची उत्पादनबाट राम्रो आर्थिक आम्दानी गर्न सकिन्छ भनेर व्यावसायिक रुपमा अलैँची खेतीमा लागे पनि वर्षेनी झनै अलैँचीको मूल्य घट्ने गरेको र अलैँची खरीदकर्ताले मूल्य नै दिन छाडेपछि अहिले उदयपुरका अलैँची उत्पादक किसान निराश बन्न थालेका हुन् । रौतामाई आँपटारका किसान हर्कधन राईका अनुसार पहिला अलैँचीको मूल्य धेरै राम्रो हुँदा धेरै किसान यसतर्फ आकर्षित भएका थिए ।
    राईका अनुसार खोटाङ, भोजपुर सङ्खुवासभाका एक किसानले वर्षमा अलैँची बिक्रीबाट करोडौँ कमाउँछन् भन्ने सुनेर आफू पनि हौसिएर व्यावसायिक अलैँची खेतीमा लागेको राई बताउनुहुन्छ । अहिले आफूले वार्षिक दशबोरासम्म अलैँची उत्पादन गर्न थालेपछि मूल्य नपाउँदा वर्षको दुई लाखमा पनि बिक्री गर्न मुश्किल हुने गरेको राईको गुनासो छ ।

    गाईघाटका एक अलैँची खरीदकर्ता सुरेश साहका अनुसार नेपालका धेरै अलैँची विराटनगर हुँदै भारत पैठारी हुने गरेको र भारतीय व्यापारीले मूल्य दिन छाडेपछि विराटनगरका व्यापारीले पनि खरीद गरेको अलैँचीको उचित मूल्य नदिने गरेको कारण पनि आफूहरुले पनि अलैँचीको मूल्य किसानको मागअनुसार दिन नसक्ने बताउँछन् । अन्य पहाडी जिल्ला खोटाङ, सङ्खुवासभा, पाँचथर र इलामका किसानको अलैँची खेती र बिक्रीबाट आर्थिक आम्दानी भएको सुनेर र देखेर प्रभावित हुँदै १० वर्षदेखि यता आएर जिल्लाका पहाडी क्षेत्रका किसानले वर्षेनी व्यापक रुपमा अलैँचीखेती वृद्धि गर्दै आएका छन् ।

    जिल्ला कृषि ज्ञान केन्द्रका अनुसार अहिले जिल्लाको पहाडी क्षेत्रमा झण्डै ५७ हेक्टर क्षेत्रफलभन्दा बढी जग्गामा व्यावसायिक अलैँचीखेती हुन थालेको छ । चार वर्ष अघिसम्म जिल्लाको पहाडी क्षेत्रका विभिन्न स्थानमा झण्डै २९ हेक्टरमा अलैँचीखेती हुँदै आएको थियो भने अहिले व्यापक विस्तार हुँदै ५५ हेक्टर क्षेत्रफलमा उत्पादन हुन थालेको कृषि ज्ञान केन्द्रका सहायक अधिकृत नरनाथ रेग्मी बताउनुहुन्छ ।
    केन्द्रका अनुसार अहिले जिल्लाको पहाडी क्षेत्रमा मुख्य गरेर डम्बरसाई, गोल्छाई र रामसाई जातका अलैँची उत्पादन हुने गरेको छ । किसानले दुःख गरेर उत्पादन गरेको अलैँचीको मूल्य केही बिचौलिया र व्यापारीले निर्धारण गर्ने गरेको र यसमा जनप्रतिनिधि र राज्यको समेत ध्यान जान नसक्दा किसान मर्कामा परेका छन् ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    स्याङ्जामा नदीमा बगेर १६ वर्षीया बालिका बेपत्ता

    कास्की आउन रमाना बुझ्ने क्रममै पक्राउ परेका डीएसपी ठगबहादुर बर्खास्त

    Add A Comment

    Leave A Reply Cancel Reply

    धेरै पढिएको

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    गण्डकी खबर प्रा.लि.
    पोखरा -०८, न्युरोड
    सूचना तथा प्रसारण विभाग दर्ता : २२३२/ २०७७-०७८
    प्रेस काउन्सिल नेपाल दर्ता : २३८५/ २०७७-०७८
    Email: gandakikhabar@gmail.com

    गण्डकीखबर डट कम गण्डकी खबर प्रालिबाट संचालित खबर पोर्टल हो ।  
    संचालक : एमडी पौडेल
    सम्पादक : अशोक सुबेदी
    संवाददाता: सन्तोष न्यौपाने
    संवाददाता: दिल गुरुङ

    • Facebook
    • Twitter
    • Pinterest
    • YouTube
    • WhatsApp
    • Instagram
    • LinkedIn
    • TikTok

    Type above and press Enter to search. Press Esc to cancel.