Facebook Twitter Instagram
    Facebook Twitter Instagram YouTube
    Gandaki KhabarGandaki Khabar
    header banner
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी
    • विजनेश
    • खेलकुद
    • मनोरञ्जन
    Gandaki KhabarGandaki Khabar
    Home»गण्डकी»बेसहाराका लागि सहारा बन्यो मानवसेवा आश्रम

    बेसहाराका लागि सहारा बन्यो मानवसेवा आश्रम

    गण्डकी खबरगण्डकी खबर७ माघ २०७७, बुधबार
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email WhatsApp
    Image description

    गण्डकी खबर । ‘बेसहाराका लागि सहारा’ बन्दै मानव सेवा आश्रमले आफ्नो नामअनुसार काम गरेको छ । मुख्य कार्यालय वाग्मती प्रदेशको राजधानी हेटौँडास्थित आश्रम विसं २०६९ भदौ १३ गते पाँच सहयोगापेक्षीको सहारा बनी सञ्चालनमा आएको आश्रम ‘मानवीयताको कुनै सीमा हँुदैन’ भन्ने नाराका साथ सर्वोत्कृष्ट जीवन, शाश्वत चिन्तन र भातृत्वको आधारमा काम गरिरहेको छ ।

    प्रदेश नं १ को राजधानी विराटनगरमा विसं २०७६ भदौमा विराटनगर– १० स्थित बहालका घरबाट स्थापित प्रदेश आश्रममा अहिले एक महिनाको बालकदेखि ९५ वर्षका नागरिकसहित २५२ सडक मानव, अपाङ्ग र असहायको बसोबास बनेको छ जसमा चार बालबालिका र ९२ महिला छन् ।
    मुख्यतः बेसहारा एवं असहाय भई भोकभोकै सडक पेटीमा बसोबास गर्ने र भीख माग्नेलाई सहारा दिने उद्देश्यले आश्रममा राखिएको छ । भीख माग्ने पेशा बनाई कुलत सङ्गत भई सडकमा बसोबास गर्नेलाई पनि आश्रय दिने र अभिभावक भएकालाई परिवारको जिम्मा लगाउने गरिएको छ ।

    सो कार्यमा स्थानीय निकायको सूचना एवं सहयोगबाट सडक मानवलाई आश्रममा बसोबासका लागि ल्याउने गरिएको छ ।
    विराटनगर–१० स्थित तीनटोलिया र विराटनगर –३ वन कार्यालय उत्तर रहेको भवनबाट गरीब, असहाय र सडक मानवको सेवा दिइएको छ । आश्रमले पुनः अर्को एक घर विराटनरमा –१ मा बहालमा लिई यही माघदेखि सञ्चालन ल्याउन लागिरहेको आश्रमका प्रदेश प्रमुख नवराज केसीले जानकारी दिनु भयो ।

    आश्रम सञ्चालनमा रहेको तीनटोलियामा तीन कठ्ठा १० धुर, विराटनगर–३ मा एक कठ्ठा १० धुर र आगामी दिनमा सञ्चालन हुने नयाँ आश्रमको दुई कठ्ठा जग्गामा आश्रमको भवनमा क्रमशः २२ कोठा र १७–१७ कोठा छन् ।
    आश्रमले गत पुस ७ देखि ११ गतेसम्म सञ्चालन गरेको मेची–महाकाली अभियान (नाना, छाना र खाना) विहीन अवस्थामा रहेका मोरङ, सुनसरी र झापा जिल्लाको राजमार्ग क्षेत्रमा रहेका असहाय, अपाङ्ग, सडक बालबालिका २५३ जनालाई उद्धार गरिएको छ । यसरी उद्धार गरिएकामा झापाका ७६, सुनसरीका १११ र मोरङका ६६ मध्ये विराटनगरका ४५ जना छन् । उद्धार गरिएकामध्ये १० बालबालिकालाई इटहरीस्थित खोजतलास अनुसन्धान इटहरी र नौ जनालाई काठमाडाँंै पठाइएको प्रमुख केसीले बताउनुभयो । अन्य सडक मानवलाई आश्रमको विराटनगर–३ र १० मा रहेको भवनमा राखिएको छ ।
    उद्धार गरिएका अपाङ्गता भएकालाई विराटनगरस्थित आश्रममा राखिएको छ । प्रदेशका १४ जिल्लामध्ये मोरङ, सुनसरी, झापालगायत पहाडी जिल्ला तथा भारतीय सडक मानवलाई उद्धार गरी आश्रममा आश्रय दिइरहेका छन् ।
    प्रदेश सरकार, स्थानीय निकाय र समाजसेवी एवं दाताको सहयोगबाट आश्रमको दैनिक कार्य सञ्चालन भइरहेको आश्रमले जनाएको छ । विराटनगर महानगरपालिकाले बहालमा लिएको दुई आश्रम भवनको मासिक रु दुई लाख २० हजार बहाल रकम व्यहोरिरहेको छ । प्रदेश सरकारले अन्य आश्रम सञ्चालन खर्चको ३० प्रतिशत भुक्तानी गर्ने गरेको आश्रमका प्रमुख केसीले बताउनुभयो ।
    स्वदेशी दाताका सहयोगबाट सञ्चालित आश्रममा शर्तसहितको विदेशी सहयोग निषेध गरिएको छ । अहिलेसम्म आश्रममा बस्नेमध्ये १०० जनालाई पारिवारिक पुनःमिलन गराइएको छ जसमध्ये आठ महिला र अन्य पुरुष छन् । यसरी पुनःमिलन गराएकाहरुमा प्रदेश नं १ बाहेक कर्णाली र वाग्मती प्रदेशका समेत छन् । पुनःमिलन गराइएकोमध्ये छ वर्षदेखि मानसिक विक्षिप्त रुपमा रहनुभएकी झापा टुक्रेकी एक महिलालाई उनका श्रीमान्, छोरीको साथ भेटाउँदा भक्कानो छाडेर रोएको अहिले पनि सम्झना आइरहेको प्रमुख केसीले स्मरण सुनाउनुभयो ।
    प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले सङ्घीयतामा सडक मानवलाई आफ्नो सरकार भएको अनुभूति गराउने मानवीय सेवालाई उच्च मनोबलका साथ सहयोग प्रदान गरिरहेको बताउनुभयो ।
    सामाजिक विकासमन्त्रीसमेत रहनुभएका मन्त्री कार्कीले मुुलुकमा सडक मानवविहीन तुल्याई उनीहरुलाई ‘न्यानो ओछ्यानसहित भोको पे विहीन’ बनाउन सरकार आफ्नो कर्तव्यमा अडिग रहेको धारणा व्यक्त गर्नुभयो ।
    आश्रममा बसोबास गर्नेहरुलाई पोषिलो खानेकुरा, चिया र नास्ताको प्रबन्ध मिलाइएको छ भने मौसमअनुसार लत्ताकपडा पनि व्यवस्था गरिएको छ । प्रदेशका निवर्तमान सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रदेशलाई सडक मानवमुक्त बनाउन विभिन्न कार्यमार्फत सहयोग गरिएको बताउँदै सहज बसोबासका लागि ग्रामथानमा आश्रम निर्माणाधीन रहेको जानकारी दिनुभयो । उहाँले आश्रमले उद्धार गरिएका सडक मानवका लागि आवास, स्वास्थ्योपचारमा ध्यान केन्द्रित हुने बताउँदै सडक मानवमुक्त प्रदेश निर्माणमा सबैको सहयोग आवश्यक छ भन्नुभयो ।
    विराटनगर महानगरपालिका प्रमुख भीमप्रसाद पराजुलीले विराटनगरलाई सडक मानवमुक्त बनाउनका लागि अभियानलाई निरन्तर सहयोग गरिने बताउनुभयो । जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेशप्रसाद पोखरेलले अशक्त, असहाय मानिसको उद्धारले मानव सभ्यताको सकारात्मक सन्देश समाजमा पैmलिँदा सडकमा मागेर जीविकोपार्जन कार्यको अन्त्य हुन्छ भन्नुभयो । आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले सातै प्रदेश सरकार, स्थानीय पालिका र सर्वसाधारण नागरिकको मुठ्ठीदानले आश्रम सञ्चालन भएको बताउनुभयो । उहाँले उद्धारलाई राजमार्गबाहेक अन्य क्षेत्रमा समेत निरन्तरता दिइने जानकारी दिनुभयो ।
    प्रदेश सरकारले सडक मानव पुनःस्थापनाका लागि मोरङको ग्रामथान गाउँपालिकामा ११ बिघा क्षेत्रमा निर्माण भइरहेको आश्रम आगामी वैशाखदेखि सञ्चालनमा आउने भएको छ । उक्त गाउँपालिकाअन्तर्गत वडा नं ६ र ७ मा ७२ घर रु तीन करोड ५० लाखको लागतमा १० बिघा १४ कठ्ठामा निर्माण भइरहेको र सो स्थानमा मानवआश्रम, ज्येष्ठ नागरिक ग्राम र बालबालिक ज्ञान केन्द्र रहने बताइएको छ । बन्दाबन्दीपछिको समयमा महिनामा १५ देखि २० दिनसम्म खाना, फलफूल, लत्ताकपडालगायत सामान आश्रमलाई नागरिक तहबाट सहयोग भइरहेको प्रमुख केसीले जानकारी दिनुभयो ।
    पछिल्लो समयमा सम्पन्न मानिसले वार्षिक पुण्यतिथि, जन्मोत्सव, विवाहको वार्षिकोत्सव, पास्नी, छोराछोरीले सफलता प्राप्त गरेको खुशीको दिनलगायत समयमा खाना, लत्ताकपडा प्रदान गर्नाले आश्रम सञ्चालनमा सहयोगमा पुगेको छ भने चकलेट, मिठाइबाहेक अन्य तयारी खाद्य सामग्री ल्याउन आश्रमले निषेध गरेको छ । दाताका लागि प्रतिव्यक्ति प्रतिछाक रु १०० र खाजाका लागि प्रतिव्यक्ति रु ५० दर कायम गरिएको छ ।
    आश्रममा बसोबास गर्नेमध्ये ७० प्रतिशत राम्ररी बोल्न सक्ने अवस्थामा नरहेकाले उनीहको उचित रेखदेख र स्याहारसुसारमा आश्रमले विशेष ध्यान पु¥याएको छ । सडक मानवमुक्त बनाउन स्थानीय पालिकाले पनि सहयोग गर्दै आएको छ । यसका लागि झापाको दमक नगरपालिका, मोरङको सुन्दरहरैंचा नगरपालिका, कानेपोखरी र सुनसरीको इटहरी उपमहानगरपालिकाले आश्रममा सहयोग गरिरहेको बताएको छ । आश्रममा आश्रितमध्ये ३० प्रतिशतले भोक लागेको जानकारी दिने गरे पनि शौच गरेको थाहा नपाउने अवस्थाका छन् ।उनीहरुलाई सरसफाइ आदिका लागि आश्रमले आफ्ना स्वयंसेवकलाई खटाउने गरेको छ ।
    मानसिक बिरामी रहेको आश्रितका लागि आवश्यक उपचारका लागि डा निकिश राजभण्डारीले आश्रममै पुगेर सेवा दिइरहनु भएको छ भने जटिल किसिमका बिरामीलाई कोशी अस्पताल, बालबालिकाको अस्पताल र नोबेल शिक्षण अस्पतालमा सःशुल्क उपचार गर्ने व्यवस्था आश्रमले गर्दै आएको छ ।
    बन्दाबन्दी समयमा श्रमिक, सडक मानवलाई दैनिक बिहानबेलुका खाना खुवाउने अभियानमा जुटेका सामाजिक अभियानकर्मी वसिम आलमले आश्रममा बसोबास गर्ने, गरीब, बेसहारा र असहायलाई जाडोबाट बचाउन न्यानो लुगा र खाद्य सामग्री प्रदान गरिरहेको छु भन्नुभयो ।
    विराटनगर–१५ का इन्दु सुब्बाले आफ्ना श्रीमान्को वार्षिक पुण्यतिथिमा आश्रमममा एक छाक खाना खुवाउन पाउँदा ज्यादै सन्तुष्टि प्राप्त भएको प्रतिक्रिया दिनुभयो । आश्रमलाई सहारा नेपाल(राकुस) झापा बिर्तामोडले रु तीन लाख मूल्य बराबरको न्यानो कपडा र वल्र्ड लिङ्कले इन्टरनेट सेवाले कपडा सहयोग गरेको छ ।
    यसैगरी गत पुस ७ गतेदेखि सञ्चालन भएको मेची महाकाली सडक मानव उद्धार अभियानअन्तर्गत यही माघ ६ गतेसम्म कर्णाली प्रदेशको सुर्खेतसम्म ५३० सडक मानवलाई उद्धार गरेको आश्रमका केन्द्रीय कार्यालय हेटौंडाका अभियानकर्मी मनोज घिमिरेले जानकारी दिनुभयो । आश्रमले सात प्रदेशका १५ जिल्लाका २२ स्थानमा असहयाय, सडक मानवलाई व्यवस्थित बसोबास कार्य गरिरहेको छ ।

    आश्रमले प्रदेश नं १ अन्तर्गत मोरङको विराटनगरमा हाल दुई, प्रदेश नं २ को सर्लाहीको हरिवन, पर्साको वीरगञ्ज, वाग्मती प्रदेशको सामाखुशी र बूढानीलकण्ठ, ललितपुरको हात्तीवन, नागदह, भक्तपुरको कौशलटार, हेटौंडाका वडा नं २ र ९ मा रहेको आश्रममा उद्धार गरिएकालाई व्यवस्थापन गरेको छ ।
    यसैगरी चितवनको भरतपुर वाइपास रोड, गण्डकी प्रदेशका गोरखा बजार, बागलुङ बजार, लमजुङ्को बेंसीशहर नगरपालिका, कास्कीका पोखरा छोरेपाटन र हेम्जा, प्रदेश नं ५ अन्तर्गत रुपेन्द्रहीको बुटवल सुख्खा नगरमा दुई स्थानमा आश्रम सञ्चालन गरिएको अभियानकर्मी घिमिरेले बताउनुभयो । यस्तै कर्णाली प्रदेशअन्तर्गत सुर्खेतको वीरेन्द्र नगरपालिका र सुदूरपश्चिमको कैलाली जिल्लाको धनगढीमा गरी जम्मा एक हजार ६५० जनाले असहाय एवं सडक मानवले आश्रय लिइरहेका छन् ।

    आश्रमको मुख्य कार्यालय हेटौंँडा–९ मा उद्घाटन हुने अवस्थामा रहेको २६ कोठे भवनमा २०० सडक मानवलाई बसोबास अभियन्ता घिमिरेले जानकारी दिनु भयो । आश्रममा १२० स्वयंसेवक अभियानकर्मीले सेवा प्रदान गरिरहनुभएको छ।(तस्वीर छ)खोजी समाचार

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    स्याङ्जामा नदीमा बगेर १६ वर्षीया बालिका बेपत्ता

    कास्की आउन रमाना बुझ्ने क्रममै पक्राउ परेका डीएसपी ठगबहादुर बर्खास्त

    Add A Comment

    Leave A Reply Cancel Reply

    धेरै पढिएको

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    गण्डकी खबर प्रा.लि.
    पोखरा -०८, न्युरोड
    सूचना तथा प्रसारण विभाग दर्ता : २२३२/ २०७७-०७८
    प्रेस काउन्सिल नेपाल दर्ता : २३८५/ २०७७-०७८
    Email: gandakikhabar@gmail.com

    गण्डकीखबर डट कम गण्डकी खबर प्रालिबाट संचालित खबर पोर्टल हो ।  
    संचालक : एमडी पौडेल
    सम्पादक : अशोक सुबेदी
    संवाददाता: सन्तोष न्यौपाने
    संवाददाता: दिल गुरुङ

    • Facebook
    • Twitter
    • Pinterest
    • YouTube
    • WhatsApp
    • Instagram
    • LinkedIn
    • TikTok

    Type above and press Enter to search. Press Esc to cancel.