Facebook Twitter Instagram
    Facebook Twitter Instagram YouTube
    Gandaki KhabarGandaki Khabar
    header banner
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी
    • विजनेश
    • खेलकुद
    • मनोरञ्जन
    Gandaki KhabarGandaki Khabar
    Home»गण्डकी»पोखरामा कोरोना संक्रमणका कारण २ महिलाको निधन

    पोखरामा कोरोना संक्रमणका कारण २ महिलाको निधन

    गण्डकी खबरगण्डकी खबर७ माघ २०७७, बुधबार
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    file tasbir
    Share
    Facebook Twitter LinkedIn Pinterest Email WhatsApp
    Image description

    गण्डकी खबर ।पोखरामा कोरोना संक्रमणका कारण एक ३५ वर्षीय महिलाको निधन भएको छ । पोखरा महानगरपालिकाको वडा नं २९ की ३५ वर्षीय महिलाको बुधबार बिहान ६ बजे निधन भएको हो । उहाँको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा उपचारका क्रममा निधन भएको हो ।

    पुष २९ गते उहाँमा कोरोना संक्रमण पुष्टि भएको थियो । उहाँमा कोभिड निमोनिया र हेपाटाइटिसको समस्या रहेको पनि गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

    त्यसैगरी पोखरामा बुधबार बिहान अर्काे एक जना महिलाको पनि कोरोना संक्रमणका कारण  निधन भएको छ । स्याङ्जाको बिरुवा गाँउपालिका वडा नं ५ की ७० वर्षीय महिलाको बिहान ७ बजे निधन भएको हो । उहाँको पनि प्रतिष्ठानमा उपचार भइरहेको थियो । उहाँलाई मंगलबार कोरोना संक्रमणको पुष्टि भएको थियो । उहाँमा कोभिड निमोनियाको समस्या थियो ।
    बुधबारसम्म प्रदेशमा कोरोना संक्रमणका कारण निधन हुनेको संख्या २०२ पुगेको छ ।

    नवलपुरका एक पुरुषको कोरोना संक्रमणका कारण मंगलबार निधन भएको थियो । गैंडाकोट नगरपालिका वडा नं १३ का ५५ वर्षीय पुरुषको भरतपुर अस्पताल चितवनमा मंगलबार साँझ निधन भएको हो ।

    गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार मंगलबार साँझ ६ बजे उपचारको क्रममा उहाँको निधन भएको हो । पुष २६ गते उहाँमा कोरोना संक्रमण पुष्टि भएको थियो । उहाँमा कोभिड निमोनिया र क्रोनिक मृगौला सम्बन्धी समस्या रहेको थियो ।

     

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    स्याङ्जामा नदीमा बगेर १६ वर्षीया बालिका बेपत्ता

    कास्की आउन रमाना बुझ्ने क्रममै पक्राउ परेका डीएसपी ठगबहादुर बर्खास्त

    Add A Comment

    Leave A Reply Cancel Reply

    धेरै पढिएको

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    गण्डकी खबर प्रा.लि.
    पोखरा -०८, न्युरोड
    सूचना तथा प्रसारण विभाग दर्ता : २२३२/ २०७७-०७८
    प्रेस काउन्सिल नेपाल दर्ता : २३८५/ २०७७-०७८
    Email: gandakikhabar@gmail.com

    गण्डकीखबर डट कम गण्डकी खबर प्रालिबाट संचालित खबर पोर्टल हो ।  
    संचालक : एमडी पौडेल
    सम्पादक : अशोक सुबेदी
    संवाददाता: सन्तोष न्यौपाने
    संवाददाता: दिल गुरुङ

    • Facebook
    • Twitter
    • Pinterest
    • YouTube
    • WhatsApp
    • Instagram
    • LinkedIn
    • TikTok

    Type above and press Enter to search. Press Esc to cancel.