
गण्डकी खबर । स्याङ्जामा टिप्परले ठक्कर दिँदा बुधबार एक जना पैदल यात्री घाइते भएका छन् ।
वालिङ नगरपालिकाको वडा नं ९ भुम्रेबाट पर्वतको हुवास जाँदै गरेको लु १ क १०४८ नम्बरको टिप्परले बाटोमा हिँडिरहेको पैदलयात्रीलाई ठक्कर दिएको थियो ।
घटनामा घाइते भएका सोही ठाँउ बस्ने ५५ वर्षीय बलराज गुरुङ घाइते भएका छन् । घाइते गुरुङलाई उपचारका लागि पोखरा पठाइएको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजकुमार थिङले जानकारी दिनु भएको छ । उनको अवस्था मध्यम रहेको बताइएको छ ।