
गण्डकी खबर । तनहुँको देवघाटमा एक महिला सुतिरहेको ठाँउमा मृत अवस्थामा फेला परेकीछिन् । देवघाट गाँउपालिका वडा नं ५ क्युंदी बस्ने ४५ वर्षीय सीतामाया गुरुङको शव मृत अवस्थामा भेटिएको हो ।
बेलुका खाना खाइ सुतेकी गुरुङ बुधबार बिहान सवा आठ बजेसम्म नउठे पछि आफन्तले प्रहरीलाई खबर गरेका थिए । घटनाका बारेमा थप अनुसन्धान भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजकुमार थिङले जानकारी दिनुभएको छ ।