गण्डकी खबर । नागरिक र सेनाबीचको सम्बन्ध अभिवृद्धि गर्ने उद्देश्यले सिन्धुपाल्चोक जिल्लाका केहि ठाउहरुमा राहत वितरण तथा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भयो ।
सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका वडा नं १४ को झ्याडी एकिकृत नमूना माझी वस्ती र ईन्द्रावती गाउँपालिका वडा नं ११ को एकिकृत माझी वस्तीका स्थानीयवासिन्दाहरुलाई लक्षित गरी उक्त कार्यक्रम राखिएको थियो । चौतारा साँगाचोक–१४ स्थित श्री झमलादेवी आधारभूत विद्यालय परिसरमा भएको थियो ।
कार्यक्रममा श्री सैनिक श्रीमती सङ्घ (नेपाली सेना) ले राहत वितरण तथा निःशुल्क स्वास्थ्य शिविर सञ्चालनपछि नगरप्रमुख, प्रमुख जिल्ला अधिकारी, श्री नं २६ बाहिनी अड्डाका बाहिनीपतिलगायत सैनिक अधिकृत, सुरक्षा निकायका प्रमुखहरु, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुखहरु, सैनिक श्रीमती सङ्घको तर्फबाट श्रीमती रोजीना राउत, श्वेताश्री फाउण्डेशनका अध्यक्ष श्रीमती श्वेता खडकासहित अन्य पदाधिकारीहरु, ओरेक नेपालका प्रतिनिधि एवं पत्रकारहरु उपस्थित हुनुहुन्थ्यो । तस्वीरः सौजन्य ः नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय, जङ्गीअड्डा, रासस