Facebook Twitter Instagram
    Facebook Twitter Instagram YouTube
    Gandaki KhabarGandaki Khabar
    header banner
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी
    • विजनेश
    • खेलकुद
    • मनोरञ्जन
    Gandaki KhabarGandaki Khabar
    Home»गण्डकी»सङ्कल्प प्रस्तावको प्रभावकारी कार्यान्वयनमा जोड

    सङ्कल्प प्रस्तावको प्रभावकारी कार्यान्वयनमा जोड

    गण्डकी खबरगण्डकी खबर८ माघ २०७७, बिहीबार
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email WhatsApp
    Image description

    गण्डकी खबर । गण्डकी प्रदेशसभाको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले प्रदेशसभाले पारित गरेको कोरोनाको नियन्त्रणसम्बन्धी सङ्कल्प प्रस्तावको प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन् ।

    दुवै दलका तर्फबाट बुधबार संयुक्तरूपमा आयोजित पत्रकार सम्मेलनमा सर्वसाधारणको हितलाई दृष्टिगत गर्दै पारित सङ्कल्प प्रस्तावलाई प्रभावकारी कार्यान्वयनमा लैजान सरकारलाई आग्रह गरिएको छ । कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले आमजनताको हितलाई दृष्टिगत गर्दै यस सङ्कल्प प्रस्तावलाई अघिल्लो अधिवेशनमा समेत प्रस्तुत गरिएको बताउँदै विशेष अधिवेशनमा सत्तापक्ष र प्रतिपक्ष सबैको सहमतिमा सर्वसम्मत साझा प्रस्तावका रूपमा पारित भएको बताउनुभयो । यसको प्रभावकारी कार्यान्वयन अबको आवश्यकता भएको बताउँदै उहाँले त्यसतर्फ प्रतिपक्षी दलका रूपमा कांग्रेसले निरन्तर निगरानी गर्ने उल्लेख गर्नुभयो । सङ्कल्प प्रस्ताव पारित हुनुले देशको विकराल परिस्थितिमा एकताबद्धरूपमा समाना गर्न सक्छौँ भन्ने सन्देशसमेत दिएको उहाँको भनाइ थियो ।

    जनता समाजवादी पार्टीका प्रदेशसभा सदस्य हरिशरण आचार्यले कोरोना नियन्त्रणका सम्बन्धमा सत्तपक्ष र प्रतिपक्ष एकमत बन्नु सकारात्मक भएको बताउँदै आगामी दिनमा यसको कार्यान्वयन कसरी अघि बढ्छ त्यसतर्फ निरन्तर चासो दिइने उल्लेख गर्नुभयो । कोरोनाको निःशुल्क उपचार, पिसिआर परीक्षणको दायरा बढाउनुपर्नेलगायतका १३ बुँदासहित पुस २४ गते प्रदेशसभामा दर्ता सङ्कल्प प्रस्ताव मङ्गलबार बसेको बैठकले सर्वसम्मत पारित गरेको थियो । विपक्षी दलका नेता नेपालीले दर्ता गर्नुभएको सङ्कल्प प्रस्तावको जनता समाजवादी दलका आचार्य, नेकपाका तर्फबाट मायानाथ अधिकारी र गायत्री गुरुङ, तथा राष्ट्रिय जनमोर्चाको कृष्ण थापाले समर्थन गर्नुभएको थियो ।

    आगामी दिनमा प्रदेशमा सत्ता समीकरणका सम्बन्धमा सोधिएको प्रश्नमा कांग्रेस संसदीय दलका नेता नेपालीले नेकपा वैधानिकपमा अलग भइनसकेको अवस्थामा हाल त्यसबारे कुनै औपचारिक छलफल तथा निर्णय नभएको जानकारी दिनुभयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    स्याङ्जामा नदीमा बगेर १६ वर्षीया बालिका बेपत्ता

    कास्की आउन रमाना बुझ्ने क्रममै पक्राउ परेका डीएसपी ठगबहादुर बर्खास्त

    Add A Comment

    Leave A Reply Cancel Reply

    धेरै पढिएको

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    गण्डकी खबर प्रा.लि.
    पोखरा -०८, न्युरोड
    सूचना तथा प्रसारण विभाग दर्ता : २२३२/ २०७७-०७८
    प्रेस काउन्सिल नेपाल दर्ता : २३८५/ २०७७-०७८
    Email: gandakikhabar@gmail.com

    गण्डकीखबर डट कम गण्डकी खबर प्रालिबाट संचालित खबर पोर्टल हो ।  
    संचालक : एमडी पौडेल
    सम्पादक : अशोक सुबेदी
    संवाददाता: सन्तोष न्यौपाने
    संवाददाता: दिल गुरुङ

    • Facebook
    • Twitter
    • Pinterest
    • YouTube
    • WhatsApp
    • Instagram
    • LinkedIn
    • TikTok

    Type above and press Enter to search. Press Esc to cancel.