Facebook Twitter Instagram
    Facebook Twitter Instagram YouTube
    Gandaki KhabarGandaki Khabar
    header banner
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी
    • विजनेश
    • खेलकुद
    • मनोरञ्जन
    Gandaki KhabarGandaki Khabar
    Home»गण्डकी»पाटन दरबार परिसरमा रहेको देगु तलेजु मन्दिरको जीर्णाेद्घार र पुनःनिर्माण गरिने

    पाटन दरबार परिसरमा रहेको देगु तलेजु मन्दिरको जीर्णाेद्घार र पुनःनिर्माण गरिने

    गण्डकी खबरगण्डकी खबर९ माघ २०७७, शुक्रबार
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email WhatsApp
    Image description

    गण्डकी खबर । पाटन दरबार परिसरमा रहेको देगु तलेजु मन्दिर केही भाग जीर्णाेद्घार त केही भाग पुनःनिर्माण गरिने भएको छ । विसं २०७२ वैशाख १२ को विनाशकारी गोरखा महाभूकम्प र पटकपटक आएको परकम्पनका कारण सो मन्दिर जीर्ण भएकाले प्राचीन सम्पदा नमासिने गरी पाँच वर्षपछि बल्ल बिग्रिएका भाग मात्र निर्माण गर्न लागिएको हो ।

    मन्दिरको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्नका लागि तत्काल स्काफोल्डिङको काम अघि बढाइने छ । मन्दिर भूकम्पको धक्काले कस्तो अवस्थामा पुगेको छ भन्ने सम्पूर्ण जानकारी लिन फलामको पाइपको खट बाँधेर माथि चढ्नुपर्छ । मन्दिर माथि चढेपछि अध्ययन तथा अनुसन्धानका लागि तीन महिनाको समय दिइन्छ । सो समयपछि मन्दिर निर्माणको काम छिट्टै अघि बढाइने पाटन स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका प्रमुख सरस्वती सिंहले बताउनुभयो । उहाँले भन्नुभयो, “मन्दिर भत्काउन शुरु गरेपछि त्यहाँका इँटा, कलात्मक काठलगायत पुरातात्विक महत्वका वस्तु मुचुल्का बनाएर सुरक्षित भण्डारण गर्नेछाँै ।”

    मन्दिर निर्माणका लागि जापान सरकारले रु १३ करोड रकम सहयोग गरेको सिंहले जानकारी गराउनुभयो । मन्दिरको अवस्था सर्सरती हेर्दा छाना पानी चुहिएर बिग्रिसकेकाले सबै पुनःनिर्माण गर्नुपर्ने देखिन्छ । मन्दिरको गारो भने बिग्रिएको भाग मात्र मर्मत गरिने काठमाडौँ भ्याली प्रिजर्भेशन ट्रष्ट (केभिपिटी) का देशीय निर्देशक डा रोहितकुमार रञ्जितकारले बताउनुभयो । उहाँले भन्नुभयो, “मन्दिर सबै भत्काएर बनाउने चाहिँ होइन । मन्दिरमा धेरैजसो मक्किएका, कुहिएका र बिग्रिएका काठ फेर्नुपर्छ ।” मन्दिर मर्मतसम्भार र निर्माणको काम उपभोक्ता समितिमार्फत हुने रञ्जितकारले जानकारी गराउनुभयो ।

    तलेजु मन्दिर तीन तालाको छाना हुनुका साथै आठदेखि नौतले अग्लो छ । मन्दिरको गारो २५ प्रतिशत पुनःनिर्माण र बाँकी ७५ प्रतिशत जीर्णाेद्घार गरिनुका साथै दलिन भने ५० प्रतिशत जीर्णाेद्घार र ५० प्रतिशत पुनःनिर्माण गरिनुपर्ने रहेको बताइएको छ । जापानी भाषा प्यागोडा अर्थात् नेपाली भाषा छाने शैलीमा सो मन्दिर सन् १६८० मा राजा शिवसेनले बनाएका हुन् । देगु तलेजु मन्दिर ललितपुरकै अग्लो र ठूलो मन्दिर पनि हो । सो मन्दिर जस्तै पाटनको महत्वपूर्ण नरसिंह मन्दिर पनि उपभोक्ता समितिमार्फत छिट्टै निर्माण हुने भएको छ ।

    यसैगरी पाटनको भीमसेन र बुङ्मतीको रातो मच्छिन्द्रनाथ मन्दिर भने उपभोक्ता समितिमार्फत धमाधम पुनःनिर्माण भइरहेको छ । त्यसैगरी पाटनको कृष्ण, हरिशङ्कर, चार नारायण, योगनरेन्द्र मल्लको शालिक, भीमसेन मन्दिर अगाडिको सिंह स्तम्भ आदि निर्माण सम्पन्न भइसकेका छन् ।

    छ वर्षअघि भूकम्पले भत्काएको पाटन दरबार परिसरका ९० प्रतिशत सम्पदा निर्माण सम्पन्न भइसकेको ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बताउनुभयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    स्याङ्जामा नदीमा बगेर १६ वर्षीया बालिका बेपत्ता

    कास्की आउन रमाना बुझ्ने क्रममै पक्राउ परेका डीएसपी ठगबहादुर बर्खास्त

    Add A Comment

    Leave A Reply Cancel Reply

    धेरै पढिएको

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    गण्डकी खबर प्रा.लि.
    पोखरा -०८, न्युरोड
    सूचना तथा प्रसारण विभाग दर्ता : २२३२/ २०७७-०७८
    प्रेस काउन्सिल नेपाल दर्ता : २३८५/ २०७७-०७८
    Email: gandakikhabar@gmail.com

    गण्डकीखबर डट कम गण्डकी खबर प्रालिबाट संचालित खबर पोर्टल हो ।  
    संचालक : एमडी पौडेल
    सम्पादक : अशोक सुबेदी
    संवाददाता: सन्तोष न्यौपाने
    संवाददाता: दिल गुरुङ

    • Facebook
    • Twitter
    • Pinterest
    • YouTube
    • WhatsApp
    • Instagram
    • LinkedIn
    • TikTok

    Type above and press Enter to search. Press Esc to cancel.