Facebook Twitter Instagram
    Facebook Twitter Instagram YouTube
    Gandaki KhabarGandaki Khabar
    header banner
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी
    • विजनेश
    • खेलकुद
    • मनोरञ्जन
    Gandaki KhabarGandaki Khabar
    Home»गण्डकी»गैँडाको आक्रमणबाट निधन भएका परिवारलाई राहत

    गैँडाको आक्रमणबाट निधन भएका परिवारलाई राहत

    गण्डकी खबरगण्डकी खबर९ माघ २०७७, शुक्रबार
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email WhatsApp
    Image description

    गण्डकी खबर । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रबाट आएको गैँडाको आक्रमणमा परी ज्यान गुमाएका देवचुलीका जङ्गीलाल मुखियाको परिवारलाई राहत रकम प्रदान गरिएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष र मध्यवर्तीको टोलीले मुखियाको परिवारलाई घरमै पुगेर राहत स्वस्वरुप रु ५० हजारको चेक प्रदान गरेको हो ।

    राष्ट्रिय प्रकृति संरक्षण कोषका रेन्जर ऋषि सुवेदी र चितवन राष्ट्रिय निकुञ्जअन्तर्गतको शिसवार मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष नेत्रबहादुर पाण्डेले संयुक्त रुपमा राहत रकम प्रदान गर्नुभएको हो । राहत प्रदान गर्दै रेन्जर सुवेदीले मृतकका परिवारलाई आयआर्जनमा सहयोग गर्ने उद्देश्यले राहत रकम प्रदान गरिएको बताउनुभयो ।

    राष्ट्रिय प्रकृति संरक्षण कोष, विश्व वन्यजन्तु कोष र जेडएसएल नेपालको संयुक्त कोषको ब्याजबाट प्राप्त हुने रकम वन्यजन्तु आक्रमणमा परी ज्यान गुमाएका व्यक्तिका परिवारलाई दिने गरिएको सुवेदीले जानकारी दिनुभयो । पीडित परिवारले उक्त रकमबाट सानै भए पनि आयआर्जन गरेर जीविकोपार्जन गर्न सकुन् भनेर राहत रकम प्रदान गरिएको सुवेदीको भनाइ छ ।

    गैँडाको आक्रमणमा परी ज्यान गुमाउने व्यक्तिको परिवारलाई निकुञ्जले रु १० लाख प्रदान गर्ने वन्यजन्तुसम्बन्धि राहत निर्देशिकामा उल्लेख गरिएको छ । सोही व्यवस्थाअनुसार निकुञ्जले मृतकका परिवारको खातामा रकम पठाउने प्रक्रिया शुरु गरेको निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत लोकेन्द्रबहादुर अधिकारीले बताउनुभयो ।

    निकुञ्जको मध्यवर्ती क्षेत्रबाट निस्किएको गैँडाको आक्रमणमा परी गत कात्तिक १६ गते मुखिया घाइते हुनुभएको थियो । घाइते मुखियाको उपचारका क्रममा चितवनको अस्पतालमा मृत्य भएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    स्याङ्जामा नदीमा बगेर १६ वर्षीया बालिका बेपत्ता

    कास्की आउन रमाना बुझ्ने क्रममै पक्राउ परेका डीएसपी ठगबहादुर बर्खास्त

    Add A Comment

    Leave A Reply Cancel Reply

    धेरै पढिएको

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    गण्डकी खबर प्रा.लि.
    पोखरा -०८, न्युरोड
    सूचना तथा प्रसारण विभाग दर्ता : २२३२/ २०७७-०७८
    प्रेस काउन्सिल नेपाल दर्ता : २३८५/ २०७७-०७८
    Email: gandakikhabar@gmail.com

    गण्डकीखबर डट कम गण्डकी खबर प्रालिबाट संचालित खबर पोर्टल हो ।  
    संचालक : एमडी पौडेल
    सम्पादक : अशोक सुबेदी
    संवाददाता: सन्तोष न्यौपाने
    संवाददाता: दिल गुरुङ

    • Facebook
    • Twitter
    • Pinterest
    • YouTube
    • WhatsApp
    • Instagram
    • LinkedIn
    • TikTok

    Type above and press Enter to search. Press Esc to cancel.