Facebook Twitter Instagram
    Facebook Twitter Instagram YouTube
    Gandaki KhabarGandaki Khabar
    header banner
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी
    • विजनेश
    • खेलकुद
    • मनोरञ्जन
    Gandaki KhabarGandaki Khabar
    Home»गण्डकी»जागरणमुखी अभियान सञ्चालन गर्न आग्रह

    जागरणमुखी अभियान सञ्चालन गर्न आग्रह

    गण्डकी खबरगण्डकी खबर९ माघ २०७७, शुक्रबार
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email WhatsApp
    Image description

    गण्डकी खबर । कृषि तथा पशपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले पशु स्वास्थ्यसम्वन्धी जागरणमुखी अभियान सञ्चालन गर्न नेपाल पशुचिकित्सा परिषद्लाई सुझाव दिनुभएको छ ।

    नेपाल पशुचिकित्सा परिषद्को नवनिर्वाचित नेतृत्वलाई बधाई दिन आज आयोजित कार्यक्रममा उहाँले शुभकामना तथा बधाई व्यक्त गर्दै पशु स्वास्थ्यसम्बन्धी जागरणमुखी अभियान सञ्चालनका बारेमा कार्यक्रम बनाउन निर्देशन दिनुभएको हो ।

    पशु स्वास्थ्य प्रत्यक्ष मानव स्वास्थ्यसँग जोडिएको विषय भएपनि नेपाली समाजमा पशु स्वास्थ्यलाई त्यति महत्व नदिने प्रवृत्ति रहेको प्रसङ््ग जोड्दै उहाँले पशु स्वास्थ्यको विषयलाई अभियानकै रुपमा अगाडि बढाउनुपर्ने आवश्यकता रहेको औँल्याउनुभयो ।

    “मानव स्वास्थ्य पशुस्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषय हो तर पशु स्वास्थ्यका सन्दर्भमा त्यति सचेत नहुने प्रवृत्ति हामी कहाँ हिजोदेखि नै रहिआएको छ”, उहाँले भन्नुभयो, “अहिले विस्तारै पशु स्वास्थ्यप्रति सचेत हुने वातावरण बन्दैछ तर गाउँमा अझैपनि त्यो वातारण बन्न बाँकी छ ।”

    परिषद्का रजिष्टार नारायण घिमिरे, नवनिर्वाचित उपाध्यक्ष डा सुबिर सिंहले पशु चिकित्सासँग सम्बन्धित शिक्षण संस्थालाई गुणस्तरिय बनाउनका निम्ति लागेको जानकारी दिनुभयो ।

    यही माघ ३ गते भएको परिषद्को निर्वाचनबाट उपाध्यक्षमा डा स्वयम प्रकाश श्रेष्ठ र डा सुबिर सिंह, सदस्यमा डा नरेशप्रसाद जोशी, डा सुजन राना, डा श्रृजना मानन्धर, डा मनोजकुमार शाही, डा सुवास श्रेष्ठ निर्वाचित हुनुभएको थियो । परिषद्को निर्वाचन चार÷चार वर्षमा हुने गर्दछ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    स्याङ्जामा नदीमा बगेर १६ वर्षीया बालिका बेपत्ता

    कास्की आउन रमाना बुझ्ने क्रममै पक्राउ परेका डीएसपी ठगबहादुर बर्खास्त

    Add A Comment

    Leave A Reply Cancel Reply

    धेरै पढिएको

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    गण्डकी खबर प्रा.लि.
    पोखरा -०८, न्युरोड
    सूचना तथा प्रसारण विभाग दर्ता : २२३२/ २०७७-०७८
    प्रेस काउन्सिल नेपाल दर्ता : २३८५/ २०७७-०७८
    Email: gandakikhabar@gmail.com

    गण्डकीखबर डट कम गण्डकी खबर प्रालिबाट संचालित खबर पोर्टल हो ।  
    संचालक : एमडी पौडेल
    सम्पादक : अशोक सुबेदी
    संवाददाता: सन्तोष न्यौपाने
    संवाददाता: दिल गुरुङ

    • Facebook
    • Twitter
    • Pinterest
    • YouTube
    • WhatsApp
    • Instagram
    • LinkedIn
    • TikTok

    Type above and press Enter to search. Press Esc to cancel.