Facebook Twitter Instagram
    Facebook Twitter Instagram YouTube
    Gandaki KhabarGandaki Khabar
    header banner
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी
    • विजनेश
    • खेलकुद
    • मनोरञ्जन
    Gandaki KhabarGandaki Khabar
    Home»गण्डकी»मेचीकाली यात्री काठमाडौँमा : सडकबाट ६०० को उद्धार

    मेचीकाली यात्री काठमाडौँमा : सडकबाट ६०० को उद्धार

    गण्डकी खबरगण्डकी खबर१० माघ २०७७, शनिबार
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email WhatsApp
    Image description

    गण्डकी खबर । सडकमा रहेका असहाय, अशक्त, बेसहारा तथा मनोरोगीको उद्धार गरी पालनपोषण तथा उपचारपछि परिवारमा पुनःमिलन गराउँदै आएको मानवसेवा आश्रमले सञ्चालन गरेको एक महिनाले ‘मेचीमहाकाली सडक यात्रा’का क्रममा ६०० जनाको उद्धार गरेको छ ।

    पूर्वको मेचीदेखि पश्चिम महाकालीसम्मका सडकबाट यसरी झण्डै ६०० असहायको उद्धार गरी संरक्षण दिइएको आश्रमका अध्यक्ष रामजी अधिकारीले जानकारी दिनुभयो । पुस ७ गते प्रधानमन्त्री केपी शर्मा ओलीबाट घोषणा भई ८ गतेदेखि शुरु भएको उद्धार अभियानको ३०औँ दिनमा आज काठमाडौँ आइपुगेको मेचीमहाकाली सडक यात्री टोलीको स्वागत समारोहमा अध्यक्ष अधिकारीले नेपाललाई बेसहारा सडकमानवमुक्त बनाउने अभियानको आधार तयार भएको जानकारी दिनुभयो ।

    टोलीलाई प्रधानमन्त्री ओलीकी धर्मपत्नी राधिका शाक्यले स्वागत गर्दै एकमहिने अभियानले महत्वपूर्ण उपलब्धि हासिल गरेको प्रतिक्रिया दिनुभयो । आश्रमका अनुसार अब केही दिन उपत्यकाको तीन जिल्लासहित धादिङ, नुवाकोट, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोकलगायत जिल्लामा उद्धार अभियान थालिने बताउनुभएको छ । उद्धार अभियानका क्रममा पूर्वको झापा जिल्लासहित विराटनगर र वीरगञ्ज महानगरपालिकालाई बेसहारा सडकमानवमुक्त घोषणा गरिएको जनाइएको छ ।

    नेपाल सरकारले विसं २०७८ भित्र बेसहारा सडक मानवमुक्त मुलुक बनाउने उद्घोष गरिसकेको छ । सरकारले खान नपाएर कोही पनि सडकमा भोकै बस्नुपर्ने अवस्थाको अन्त्य गर्ने यसअघि नै घोषणा गरिसकेको छ । टोलीले झापा, सुनसरी, मोरङ, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, मकवानपुर, चितवन, गोरखा, लमजुङ, कास्की, बाग्लुङ, रुपन्देही, नवलपरासी, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा सडक यात्रा सञ्चलन गरेको थियो ।

    विसं २०६९ भदौ १३ गते हेटौँडाबाट उद्धार अभियान शुरु गरेको आश्रमले अहिले सात प्रदेशका १५ जिल्लाका २२ शाखामार्फत मानवीय सेवा गर्दै आएको छ । जहाँ अहिले एक हजार ८०० आश्रित छन् । यसअघि एक हजार ५०० भन्दाबढीलाई उद्धार गरी परिवारमा पुनःमिलन गराइसकिएको जनाइएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    स्याङ्जामा नदीमा बगेर १६ वर्षीया बालिका बेपत्ता

    कास्की आउन रमाना बुझ्ने क्रममै पक्राउ परेका डीएसपी ठगबहादुर बर्खास्त

    Add A Comment

    Leave A Reply Cancel Reply

    धेरै पढिएको

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    गण्डकी खबर प्रा.लि.
    पोखरा -०८, न्युरोड
    सूचना तथा प्रसारण विभाग दर्ता : २२३२/ २०७७-०७८
    प्रेस काउन्सिल नेपाल दर्ता : २३८५/ २०७७-०७८
    Email: gandakikhabar@gmail.com

    गण्डकीखबर डट कम गण्डकी खबर प्रालिबाट संचालित खबर पोर्टल हो ।  
    संचालक : एमडी पौडेल
    सम्पादक : अशोक सुबेदी
    संवाददाता: सन्तोष न्यौपाने
    संवाददाता: दिल गुरुङ

    • Facebook
    • Twitter
    • Pinterest
    • YouTube
    • WhatsApp
    • Instagram
    • LinkedIn
    • TikTok

    Type above and press Enter to search. Press Esc to cancel.