Facebook Twitter Instagram
    Facebook Twitter Instagram YouTube
    Gandaki KhabarGandaki Khabar
    header banner
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी
    • विजनेश
    • खेलकुद
    • मनोरञ्जन
    Gandaki KhabarGandaki Khabar
    Home»गण्डकी»दुर्घटना न्यूनीकरणलाई ‘कार्यालय समय’

    दुर्घटना न्यूनीकरणलाई ‘कार्यालय समय’

    गण्डकी खबरगण्डकी खबर१० माघ २०७७, शनिबार
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email WhatsApp
    Image description

    गण्डकी खबर । कार्यालय समयमा सवारी साधनको अत्यधिक चाप हुने भएकोले दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले तनहुँमा ‘कार्यालय समय’ लागू गरिएको छ । सामान बिक्री गर्न आएका सवारी साधनलाई आवतजावत तथा लोड अनलोड गर्ने कार्यमा सहजीकरण गर्न सो नियम लागू गरिएको हो ।

    बिहान ९ बजेदेखि १०.१५ र दिउँसो ३.३० देखि ४ बजेसम्म ‘कार्यालय समय’ लागू गरी त्यस्ता सवारीलाई गुड्न प्रतिबन्ध लगाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख रेशम रानाभाटले जानकारी दिनुभयो । तनहुँ उद्योग वाणिज्य सङ्घ दमौली बजार एकाइको आयोजना र जिल्ला ट्राफिक प्रहरी कार्यालयको सहआयोजनामा गत मङ्गलबारदेखि उक्त कार्य थालिएको हो ।

    सवारी दुर्घटना न्यूनीकरणका लागि गण्डकी प्रदेशकै उत्कृष्ट ट्राफिक व्यवस्थापन गर्ने उद्देश्यले कार्यालय समय लागू गरिएको जिल्ला ट्राफिक प्रमुख रानाभाटले बताउनुभयो । कार्यालय समयमा कर्मचारी, विद्यार्थी, किनमेलका लागि आउने सर्वसाधारणको आवतजावतले सडक नै ढाकिने र सवारी साधनलाई पनि गुड्न समस्या हुने गरेकोले त्यसलाई व्यवस्थापन गर्न कार्यालय समय लागू गरिएको हो ।

    “सवारी चापका कारण बाटोमा हिँड्ने यात्रुलाई बाटो काट्न पनि समस्या हुने गरेको पाइएकाले यसको समाधानको लागि सरोकारवालासँग छलफल गरी उक्त नियम लागू गरिएको हो ।” उहाँले भन्नुभयो, “कोरोनको प्रभाव कम हुँदै गएसँगै मानिसको चहलपहलमा वृद्धि भएकाले आवतजावतमा सहज बनाउन समय निर्धारण गरेका हाँै ।”

    कार्यालय समय लागू गरिएपछि कार्यान्वयनका लागि सम्बन्धित निकायले पहल गरिरहेको उद्योग वाणिज्य सङ्घ दमौली बजार एकाइका सभापति राजकुमार श्रेष्ठ राकुले बताउनुभयो । कार्यालय समयमा अत्यधिक चाप हुँदा दुर्घटनाको जोखिम पनि उत्तिकै थियो । उहाँले भन्नुभयो, “अब सवारी दुर्घटना न्यूनीकरणमा कमी आउने विश्वास लिएका छौँ ।” पछिल्लो समय तनहुँमा सवारी चेकिङ कार्यलाई कडाइका साथ लागू गरिएको छ । पृथ्वीराजमार्ग क्षेत्रमा मात्रै नभई ग्रामीण क्षेत्रका रुटमा चल्ने सवारी साधनको पनि चेकिङ कार्य थालिएको ट्राफिक कार्यालय तनहुँले जनाएको छ ।

    अन्य सवारीको तुलनामा दुई पाङ्ग्रे सवारी बढी मात्रामा दुर्घटना हुने गरेको प्रहरी तथ्याङ्कमा उल्लेख गरिएको छ । दुई पाङ्ग्रे सवारी चालकले बिना लाइसेन्स सवारी चलाउने गरेको पाइएकाले चेकिङलाई अझ कडाइ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले बताउनुभयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    स्याङ्जामा नदीमा बगेर १६ वर्षीया बालिका बेपत्ता

    कास्की आउन रमाना बुझ्ने क्रममै पक्राउ परेका डीएसपी ठगबहादुर बर्खास्त

    Add A Comment

    Leave A Reply Cancel Reply

    धेरै पढिएको

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    गण्डकी खबर प्रा.लि.
    पोखरा -०८, न्युरोड
    सूचना तथा प्रसारण विभाग दर्ता : २२३२/ २०७७-०७८
    प्रेस काउन्सिल नेपाल दर्ता : २३८५/ २०७७-०७८
    Email: gandakikhabar@gmail.com

    गण्डकीखबर डट कम गण्डकी खबर प्रालिबाट संचालित खबर पोर्टल हो ।  
    संचालक : एमडी पौडेल
    सम्पादक : अशोक सुबेदी
    संवाददाता: सन्तोष न्यौपाने
    संवाददाता: दिल गुरुङ

    • Facebook
    • Twitter
    • Pinterest
    • YouTube
    • WhatsApp
    • Instagram
    • LinkedIn
    • TikTok

    Type above and press Enter to search. Press Esc to cancel.