Facebook Twitter Instagram
    Facebook Twitter Instagram YouTube
    Gandaki KhabarGandaki Khabar
    header banner
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी
    • विजनेश
    • खेलकुद
    • मनोरञ्जन
    Gandaki KhabarGandaki Khabar
    Home»गण्डकी»मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

    मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

    गण्डकी खबरगण्डकी खबर१० माघ २०७७, शनिबार
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    file tasbir
    Share
    Facebook Twitter LinkedIn Pinterest Email WhatsApp
    Image description

     गण्डकी खबर । सप्तरीको बोदे बरसाइन नगरपालिकामा तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा आज एकको मृत्यु भएको छ ।

    जिल्लाको बिसनपुरबाट बोदे बरसाइनतर्फ जाँदै गरेको तीन जना सवार प्रदेश नम्बर २–०१–००१ प ६४०३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा त्यसमा सवार खडक नगरपालिका–८ का १८ वर्षीय सुदीप चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । चौधरी मोटरसाइकलको बीचमा सवार थिए ।

    मोटरसाइकल चालक सप्तरीको खडक नगरपालिका–८ का २७ वर्षीय सनी चौधरी र पछाडी सवार सोही ठाउँका १८ वर्षीय दिवेश चौधरी गम्भीर घाइते भएका छन् । उनीहरुको टाउको र शरीरको विभिन्न भागमा चोट लागेका कारण उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ । मोटरसाइकल आफँै अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहले बताउनुभयो ।

    राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको शवको परीक्षणको तयारी भइरहेको अस्पतालले जनाएको छ । गत बिहीबार पनि जिल्लाको खडक नगरपालिका–११ बनौलीमा तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु भएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    स्याङ्जामा नदीमा बगेर १६ वर्षीया बालिका बेपत्ता

    कास्की आउन रमाना बुझ्ने क्रममै पक्राउ परेका डीएसपी ठगबहादुर बर्खास्त

    Add A Comment

    Leave A Reply Cancel Reply

    धेरै पढिएको

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    गण्डकी खबर प्रा.लि.
    पोखरा -०८, न्युरोड
    सूचना तथा प्रसारण विभाग दर्ता : २२३२/ २०७७-०७८
    प्रेस काउन्सिल नेपाल दर्ता : २३८५/ २०७७-०७८
    Email: gandakikhabar@gmail.com

    गण्डकीखबर डट कम गण्डकी खबर प्रालिबाट संचालित खबर पोर्टल हो ।  
    संचालक : एमडी पौडेल
    सम्पादक : अशोक सुबेदी
    संवाददाता: सन्तोष न्यौपाने
    संवाददाता: दिल गुरुङ

    • Facebook
    • Twitter
    • Pinterest
    • YouTube
    • WhatsApp
    • Instagram
    • LinkedIn
    • TikTok

    Type above and press Enter to search. Press Esc to cancel.