Facebook Twitter Instagram
    Facebook Twitter Instagram YouTube
    Gandaki KhabarGandaki Khabar
    header banner
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी
    • विजनेश
    • खेलकुद
    • मनोरञ्जन
    Gandaki KhabarGandaki Khabar
    Home»गण्डकी»पञ्चाङ्ग निर्णायक समितिमा शास्त्रज्ञ, ज्योतिर्विद् नियुक्तिको माग

    पञ्चाङ्ग निर्णायक समितिमा शास्त्रज्ञ, ज्योतिर्विद् नियुक्तिको माग

    गण्डकी खबरगण्डकी खबर१० माघ २०७७, शनिबार
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email WhatsApp
    Image description

    गण्डकी खबर । नेपाल पञ्चाङ्ग निर्णायक समितिमा धर्मशास्त्र र ज्योतिष विषयका विज्ञलाई नियुक्त गर्न धर्मशास्त्रविद् एवं ज्योतिषविद्ले माग गरेका छन् ।

    दक्षिण एसियाली ज्योतिष महासङ्घले आज चावहिलमा आयोजना गरेको कार्यक्रममा पुस २० गते मन्त्रिपरिषद्ले समितिको गठन आदेश पारित गरेसँगै नयाँ पदाधिकारी नियुक्ति हुने चर्चा शुरु भएको हो । हालका पदाधिकारीलाई गठन आदेश जारी नभएसम्मका लागि काम गर्नु भनी विसं २०७० मा नियुक्ति पत्र दिइएको थियो ।

    कार्यक्रममा समितिका अध्यक्ष धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले हालसम्म शास्त्रसम्मत् रुपमा पात्रो (पञ्चाङ्ग) प्रकाशन भएकाले अब पनि यसरी काम गर्न सक्ने शास्त्र र ज्योतिषमा दख्खल भएका व्यक्तिलाई नियुक्त गर्न माग गर्नुभयो । कार्यक्रममा वाल्मीकि विद्यापीठका प्राचार्य प्रा डा गणेशप्रसाद घिमिरे, धर्मशास्त्र विभागका अध्यक्ष प्रा डा देवमणि भट्टराई, सहप्रा डा माधवप्रसाद पाण्डेय, समितिका सदस्य सचिव सूर्यप्रसाद ढुङ्गेल, विश्व ज्योतिष महासङ्घका अध्यक्ष लोकराज पौडेल, नेपाल ज्योतिष परिषद्का अध्यक्ष माधवराज पाण्डेय, किराँत ज्योतिष उत्थान सङ्घका अध्यक्ष चन्द्रकुमार शेर्मालगायतले वृहस्पति र शुक्र अस्त भएका बेला पनि पुराण वाचन, विवाह जस्ता शास्त्र वर्जित काम भइरहेकाले ज्योतिषीको ध्यान जानुपर्ने बताउनुभएको थियो ।

    सो अवसरमा महासङ्घको शोधमूलक ग्रन्थ मन्दाकिनी र विधान विमोचन गरिएको थियो । महासङ्घको वेभसाइट पनि कार्यक्रममा धर्मशास्त्रविद् गौतमले शुभारम्भ गर्नुभयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    स्याङ्जामा नदीमा बगेर १६ वर्षीया बालिका बेपत्ता

    कास्की आउन रमाना बुझ्ने क्रममै पक्राउ परेका डीएसपी ठगबहादुर बर्खास्त

    Add A Comment

    Leave A Reply Cancel Reply

    धेरै पढिएको

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    गण्डकी खबर प्रा.लि.
    पोखरा -०८, न्युरोड
    सूचना तथा प्रसारण विभाग दर्ता : २२३२/ २०७७-०७८
    प्रेस काउन्सिल नेपाल दर्ता : २३८५/ २०७७-०७८
    Email: gandakikhabar@gmail.com

    गण्डकीखबर डट कम गण्डकी खबर प्रालिबाट संचालित खबर पोर्टल हो ।  
    संचालक : एमडी पौडेल
    सम्पादक : अशोक सुबेदी
    संवाददाता: सन्तोष न्यौपाने
    संवाददाता: दिल गुरुङ

    • Facebook
    • Twitter
    • Pinterest
    • YouTube
    • WhatsApp
    • Instagram
    • LinkedIn
    • TikTok

    Type above and press Enter to search. Press Esc to cancel.