leading news portal from gandaki

वर्ष उत्कृष्ट खेलाडीमा गौरीका सिंह र मण्डेकाजी श्रेष्ठ

गण्डकी खबर ।  एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको वर्ष उत्कृष्ट खेलाडीमा पुरुष तर्फको अवार्ड करातेका मन्देकाजी श्रेष्ठले तथा वमहिला खेलाडीतर्फको अवार्ड पौडीकी गौरीका सिंहले प्राप्त गरेकी छन् ।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा ललितपुरमा सम्पन्न कार्यक्रममा आफ्ना प्रतिस्पर्धी फुटबलका विकेश कुथु, एथलेटिक्सका गोपीचन्द्र पार्की, तेक्वान्दोका कमल श्रेष्ठ र गल्फका सुवास तामाङलाई पछि पार्दै वर्ष पुरुषको अवार्ड मन्देकाजीले हात पारेका हुन् ।

त्यसतै करातेकी अनु अधिकारी, तेक्वान्दोकी आयशा शाक्य, एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ र ट्रायथलनकी सोनी गुरुङलाई उछिन्दै वर्षको उत्कृष्ट महिला खेलाडीको उपाधि गौरीकाले हात पारेकी हुन् । नेपालमा नै सम्पन्न १३ औँ दक्षिण एसियाली खेलकुद सागमा मन्देकाजीले एकल र टिम कातामा गरी दुई स्वर्ण जितेका थिए भने गौरीकाले चार स्वर्णसहित ९ पदक जितेकी थिइन् ।

कार्यक्रममा पिपल्स च्वाइस अवार्ड राष्ट्रिय भलिबल टिमकी कप्तान अरुणा शाहीले हात पारेकी छन् । अरुणाले पौडीकी गौरीका सिंह, करातेका मन्देकाजी श्रेष्ठ, बास्केटबलकी सदिना श्रेष्ठ र फुटबलकी सावित्रा भण्डारीलाई पछि पारेकी हुन् । अरुणालाई उक्त अवार्ड जिताउनका लागि पोखरामा अभियान चलाइएको थियो । सागमा नेपालले रजत पदक जित्दा तथा बङ्गलादेशमा सम्पन्न एभिसी सेन्ट्रल जोन महिला भलिबल प्रतियोगिताको उपाधि जित्दा शाहीले कप्तानी गरेकी थिइन।

तेक्वान्दोका प्रशिक्षक नवीनकुमार श्रेष्ठले वर्षको उत्कृष्ट प्रशिक्षकको अवार्ड हात पारेका छन् । नवीनले आफ्ना प्रतिस्पर्धी करातेका मदन उप्रेती, उसुका अमर थिङ्ग, पौडीका शङ्कर कार्की र बक्सिङका प्रकाश थापालाई उछिन्दै उत्कृष्ट प्रशिक्षकको अवार्ड आफ्नो पोल्टामा पार्न सफल भएका हुन् ।

त्यस्तै गल्फर सुवास तामाङले वर्ष युवा खेलाडीको अवार्ड जितेका छन् । उनले तेक्वान्दोका भुपेन श्रेष्ठ र सिना लिम्बु मादेन, जुडोकी पुनम श्रेष्ठ र भारोत्तोलनकी सन्जु चौधरीलाई पछि पारि युवा वर्ष खेलाडी घोषित भए ।

नेपाली राष्ट्रिय महिला भलिबल टिमले टिम अफ दि इयर अवार्ड प्राप्त गरेको छ । वि.सं. २०७६ सालमा उत्कृष्ट प्रदर्शन गर्दै ऐतिहासिक पद उचालेको, गत वर्ष बङ्गलादेशमा सम्पन्न एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा पनि स्वर्ण जितेको थियो भने महिला टिमले १३ औँ सागमा पनि रजत पदक हात पारेको थियो ।

कार्यक्रममा पूर्व टेबलटेनिस खेलाडी गीता क्षेत्री र सिजरिन शाहले लाइफ टाइम एचिभमेन्ट अवार्ड प्राप्त गरेका छन् । टेबल टेनिसमा लामो समयसम्म योगदान पु¥याएबापत गीता र सिजरिनलाई लाइफ टाइम एचिभमेन्ट अवार्डबाट सम्मान गरिएको हो ।

त्यस्तै मलेसियाका खेल पत्रकार अहमद खवारी इशाले एसियन स्पोर्टस जर्नालिस्ट अवार्ड प्रदान गरिएको छ ।

सम्वन्धित खबर
प्रतिक्रिया दिनुहोस्

तपाइको इमेल गोप्य रहनेछ

साताको ट्रेन्डीङ्

भोलि पुष १५ गण्डकी प्रदेशमा सार्वजनिक बिदा

By Gandaki Khabar / १४ पुष २०७७, मंगलवार १६:३७ / 0 Comments

शेयर बजारमा नयाँ रेकर्ड

By Gandaki Khabar / १९ पुष २०७७, आईतवार १८:०० / 0 Comments

पोखरामा कोरोना संक्रमित महिलाको निधन

By Gandaki Khabar / २५ पुष २०७७, शनिबार १६:०६ / 0 Comments

माघे सङ्क्रान्तिमा सार्वजनिक बिदा

By Gandaki Khabar / २८ पुष २०७७, मंगलवार २०:०५ / 0 Comments

सिफारिस