leading news portal from gandaki

बागलुङ ढोरपाटनका वडाध्यक्ष ज्यानमार्ने उद्योगमा पक्राउ

गण्डकी खबर ।  बागलुङको ढोरपाटन नगरपालिका-४ खुंगाका वडाध्यक्ष तिलक पुनलाई प्रहरीले पक्राउ गरेको छ । ज्यान मार्ने उद्योगमा संलग्न भएको आरोपमा प्रहरीले उहाँलाई पक्राउ गरेको हो ।

पुनलाई आज अपराह्न ३ः०० बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अदालतमा ज्यान मार्ने मुद्दा परेकाले उहाँलाई पक्राउ गरिएको प्रहरी निरीक्षक विजय भण्डारीले बताउनुभयो ।

विसं २०७६ मा भएको कुटपिटको घटनालाई लिएर सोही वडाका लालबहादुर विकलगायत तीन जनाले उहाँविरुद्ध प्रहरीमा जाहेरी दिनुभएको थियो ।

विसं २०७६ कात्तिक १२ गते खुंगामा एकापसमा झगडा हुँदा केही स्थानीय घाइते भएका थिए । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पुरानो मुद्दा भएकाले पुनलाई जिल्ला प्रहरी कार्यालय ल्याएपछि अदालत पेश गरिने भण्डारीले बताउनुभयो ।

सम्वन्धित खबर
प्रतिक्रिया दिनुहोस्

तपाइको इमेल गोप्य रहनेछ

साताको ट्रेन्डीङ्

भोलि पुष १५ गण्डकी प्रदेशमा सार्वजनिक बिदा

By Gandaki Khabar / १४ पुष २०७७, मंगलवार १६:३७ / 0 Comments

शेयर बजारमा नयाँ रेकर्ड

By Gandaki Khabar / १९ पुष २०७७, आईतवार १८:०० / 0 Comments

पोखरामा कोरोना संक्रमित महिलाको निधन

By Gandaki Khabar / २५ पुष २०७७, शनिबार १६:०६ / 0 Comments

माघे सङ्क्रान्तिमा सार्वजनिक बिदा

By Gandaki Khabar / २८ पुष २०७७, मंगलवार २०:०५ / 0 Comments

सिफारिस