leading news portal from gandaki

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

गण्डकी खबर । बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्युु भएको छ । ढोरचौरबाट श्रीनगरतर्फ जाँदै गरेको ना ३ ख ९६४३ नम्बरको बसले बरलातर्फ जाँदै गरेको रा ३ प ८६६७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा शारदा नगरपालिका–६ वरलाका ३० वर्षीय वीरेन्द्र भण्डारीको मृत्यु भएको हो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका भण्डारीलाई उपचारका लागि सल्यान अस्पताल पु¥याइएको भए पनि अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ठक्कर दिने बसका चालक फरार रहेकाले खोजी भइरहेको र बसलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

सम्वन्धित खबर
प्रतिक्रिया दिनुहोस्

तपाइको इमेल गोप्य रहनेछ

साताको ट्रेन्डीङ्

भोलि पुष १५ गण्डकी प्रदेशमा सार्वजनिक बिदा

By Gandaki Khabar / १४ पुष २०७७, मंगलवार १६:३७ / 0 Comments

शेयर बजारमा नयाँ रेकर्ड

By Gandaki Khabar / १९ पुष २०७७, आईतवार १८:०० / 0 Comments

पोखरामा कोरोना संक्रमित महिलाको निधन

By Gandaki Khabar / २५ पुष २०७७, शनिबार १६:०६ / 0 Comments

माघे सङ्क्रान्तिमा सार्वजनिक बिदा

By Gandaki Khabar / २८ पुष २०७७, मंगलवार २०:०५ / 0 Comments

सिफारिस