गण्डकीसमाचार

सञ्चार उद्यमी पोखरेललाई मानार्थ विद्यावारिधि

गण्डकी खबर । संयुक्त राज्य अमेरिकाको ग्लोबल पिस युनिभर्सिटीले सञ्चारउद्यमी शम्भु पोखरेललाई अन्तरराष्ट्रिय अर्थशास्त्रमा मानार्थ विद्यावारिधि उपाधि प्रदान गरेको छ । विकासोन्मुख देशको अन्तरदेशीय व्यापार घाटा कम गर्न भूमिका निर्वाह गरेवापत उहाँलाई सो उपाधि प्रदान गरिएको हो ।

वल्र्ड ट्रेड गु्रप नेपालका अध्यक्ष पोखरेललाई शनिबार भारतको चण्डिगढमा सो विद्यावारिधि उपाधि प्रदान गरिएको हो । पोखरेल सिइओ क्लब ग्लोबलका एशिया क्षेत्र हेर्ने सिइओका साथै बिजनेस टेलिभिजनलगायत संस्थाको व्यवस्थापनमा संलग्न हुनुहुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button