Facebook Twitter Instagram
    Facebook Twitter Instagram YouTube
    Gandaki KhabarGandaki Khabar
    header banner
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी
    • विजनेश
    • खेलकुद
    • मनोरञ्जन
    Gandaki KhabarGandaki Khabar
    Home»गण्डकी»निःशुल्क स्वास्थ्य शिविर

    निःशुल्क स्वास्थ्य शिविर

    गण्डकी खबरगण्डकी खबर११ माघ २०७७, आईतवार
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email WhatsApp
    Image description

    गण्डकी खबर । बाराको सिम्रौनगढ नगरपालिका–५ स्थित रहेको उचिडिह प्राथमिक स्वास्थ्य कार्यालयमा निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम आज सम्पन्न भएको छ ।

    सामाजिक विकास मन्त्रालय नं २ प्रदेश, नेपाल औषधि उत्पादक सङ्घ, सैनिक अस्पताल पोखरा, बारा जिल्लामा चन्दननाथ गण र नं २८ फि। ए। गुल्मको संयोजकत्व र सिम्रौनगढ नगरपालिकाको आयोजनामा स्वास्थ्य शिविर गरिएको थियो ।

    नेपाली सेना र नागरिकबीचको सम्बन्धलाई प्रगाढ बनाउन र जनतासँग प्रत्यक्ष घुलमिल गर्न सहयोग पुयाउने उद्देश्यले शिविरको आयोजना गरिएको श्री नम्बर २८ वाहिनीका वाहिनीपति जोनसन खड्काले जानकारी दिनुभयो । श्री नं २८ फि।ए। का स्वास्थ्यकर्मी सम्मिलित नेपाली सेनाको टोलीले स्थानीयवासीको स्वास्थ्य परीक्षण गरी निःशुल्क औषधि वितरण गरेका थिए । ‘दुःखको बेला नेपाली सेना जनतासँग’ भन्ने नेपाली सेनाको अभियानअनुसार कोरोना भाइरस तथा आर्थिक विपन्नताका कारण औषधि उपचार गराउन नपाएका सर्वसाधारणको उपचार गरिएको चन्दननाथ गणका गणपति श्यामशरण गोतामेले बताउनुभयो ।

    स्वास्थ्य शिविरमा करीब ७०० जना सर्वसाधारणको स्वास्थ्य परीक्षण गरी निःशुल्क औषधि वितरण गरिएको थियो । शिविरमा १८९ महिला, १४५ पुरुष र ७६ जना बालबालिकाको स्वास्थ्य परीक्षण गरी औषधि पाएका हुन् । महिलामा धेरै सन्तान जन्माउने कारणले हुने समस्या सो शिविरमा उपचारका लागि आएका अधिकांश महिलामा देखिएको थियो, चिकित्सक अधिकृत सहसेनानी दृष्टिना प्रधानले बताउनुभयो । स्वास्थ्य परीक्षण गर्दा स्थानीयवासीमा श्वासप्रश्वास, ग्यास्ट्रिक, हाडजोर्नी, एलर्जी, आँखाको समस्या, पेटसम्बन्धीका रोगहरु बढी मात्रामा देखिएको र शिविरमा स्थानीयवासीलाई सामान्य स्वास्थ्य परीक्षण, दन्त सेवा, इसिजीलगायत सेवाहरु प्रदान गरी निःशुल्क औषधि वितरण गरिएको थियो ।

    श्री नं २८ फिल्ड एम्बुलेन्सका चिकित्सक अधिकृत सहसेनानी प्रधानको नेतृत्वमा १५ जना मेडिकल टोलीले जाँच गर्नुभएको थियो । आफ्नै गाउँठाउँमा निःशुल्क स्वास्थ्य उपचार तथा औषधि पाएपछि सिम्रौनगढ नगरपालिका–१० का जगदीश पण्डितले खुशी गर्दै नेपाली सेनालाई धन्यवाद दिनुभएको थियो । श्री नं २८ वाहिनी अड्डाका वाहिनीपति खड्काको समन्वयमा सञ्चालित उक्त स्वास्थ्य शिविरको सिम्रौनगढ नगरपालिकाका प्रमुख विजयशङ्कर यादवले उद्घाटन गर्दै शिक्षा, स्वास्थ्य, सरसफाइ, सुशासन कायम गर्नका लागि आफूले काम अगाडि बढाइरहेको बताउनुभयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    स्याङ्जामा नदीमा बगेर १६ वर्षीया बालिका बेपत्ता

    कास्की आउन रमाना बुझ्ने क्रममै पक्राउ परेका डीएसपी ठगबहादुर बर्खास्त

    Add A Comment

    Leave A Reply Cancel Reply

    धेरै पढिएको

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    गण्डकी खबर प्रा.लि.
    पोखरा -०८, न्युरोड
    सूचना तथा प्रसारण विभाग दर्ता : २२३२/ २०७७-०७८
    प्रेस काउन्सिल नेपाल दर्ता : २३८५/ २०७७-०७८
    Email: gandakikhabar@gmail.com

    गण्डकीखबर डट कम गण्डकी खबर प्रालिबाट संचालित खबर पोर्टल हो ।  
    संचालक : एमडी पौडेल
    सम्पादक : अशोक सुबेदी
    संवाददाता: सन्तोष न्यौपाने
    संवाददाता: दिल गुरुङ

    • Facebook
    • Twitter
    • Pinterest
    • YouTube
    • WhatsApp
    • Instagram
    • LinkedIn
    • TikTok

    Type above and press Enter to search. Press Esc to cancel.