गण्डकीसमाचार

बोलेरो र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

गण्डकी खबर । बेनीघाट रोराङ गाउँपालिका–५ स्थित पृथ्वी राजमार्गको बाँदरेमोडमा बोलेरो र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

चितवनबाट काठमाडौँतर्फ आउँदै गरेको प्रदेश ०–३–०–१००३ क ५३२५ नम्बरको बोलेरो र विपरीत दिशाबाट मुग्लिङतर्फ जाँदै गरेको बा८४प १५७१ नम्बरको मोटरसाइकल दिउँसो ३ः०० बजे एकापसमा ठोक्किएर दुर्घटना भएको थियो ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार काठमाडौँ गुर्जुधारा निवासी पुजन खड्काको मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो ।

घटनापछि बुलेरो चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button