गण्डकीसमाचार

प्रचण्ड-नेपाल समूहकी नेतृ झाँक्री आफ्नै निवासबाट पक्राउ

गण्डकी खबर । नेकपा प्रचण्ड-माधव समूहकी नेता तथा केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

गोरखा जिल्लामा आयोजित एक कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीका बारेमा दिएको अभिव्यक्तिलाई लिएर महानगरीय अपराध महाशाखाको टोलीले झाँक्रीलाई उहाँकै निवास शंखमूलबाट पक्राउ गरेको हो

महाशाखाले सोधपुछका लागि झाँक्रीलाई बोलाइएको भएपनि पक्राउ पूर्जी नदिएसम्म नजाने अडान लिएपछि महाशाखाले राज्यविरुद्धको कसूरमा अनुसन्धान गर्न भनी झाँक्रीलाई पक्राउ पूर्जी सहित पक्राउ गरेको हो ।

राष्ट्रपतिबारे गरेको टिप्पणीलाई लिएर नेकपा ओली समूहको अखिल नेपाल महिला संघले झाँक्रीलाई कारबाहीको माग गर्दै गृहमन्त्रीलाई ज्ञापन पत्रसमेत बुझाएको थियो । झाँक्रीलाई पक्राउ गर्न महाशाखाका प्रहरी नायव उपरीक्षक दुर्गाराज रेग्मीको नेतृत्वमा प्रहरी टोली त्यहाँ पुगेको थियो ।

पक्राउको विरोधमा झाँक्रीको निवास अगाडि नेकपा प्रचण्ड-माधव समूहका कार्यकर्ता भेला भइ सरकार बिरोधी नारा लगाएका थिए । पक्राउ अघि झाँक्रीले सम्बोधन गर्दै आफू राज्यको कानुनको पालक भएको अभिव्यक्ति दिर्दै गिरफ्तारी दिएको बताउनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button