गण्डकीसमाचार

भारतीय तस्कर र सशस्त्र प्रहरीबीच झडप

गण्डकी खबर । भारतीय तस्करहरुले सशस्त्र प्रहरीमाथि आक्रमण गरेको छ । ओरिया खोलाको बालुवा अवैध रुपमा उत्खनन् गरिरहेको काम रोक्न खोज्दा तस्करले सशस्त्र प्रहरीमाथि आक्रमण गरेको हो ।

पर्सा जगरनाथपुर गाउँपालिका– १ पिपडाढीमा ओरिया खोलाको बालुवा उत्खनन् गरिरहेको भारतीय ट्याक्टरलाई नियन्त्रणमा लिन खोज्दा भएको झडपमा सशस्त्र प्रहरी घाइते भएका छन्।

सशस्त्र प्रहरी आउट पोष्ट पिडारीगुठी र महादेवपट्टीको संयुक्त टोलीले अवैध रुपमा भइरहेको बालुवा उत्खननलाई रोक्न खोज्दा भारतको गदियानी भंगाहाका स्थानीयहरुले लाठी, भाठा, बेल्चा तथा ढुंगामुढा प्रहार गरेर सशस्त्र प्रहरीलाई आक्रमण गरेका थिए।

झडपमा घाइते भएका सशस्त्र प्रहरीको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button