गण्डकीसमाचार

गण्डकी प्रदेशकी स्वास्थ्य मन्त्री नरदेवी पुनलाई कोरोना संक्रमण

गण्डकी खबर । गण्डकी प्रदेशकी सामाजिक विकासमन्त्री नरदेवी पुन र सोही मन्त्रालयका सचिव बिनोद कुँवरलाई कोरोनाको लक्ष्यण देखिएपछि एक हप्तादेखि आइसोलेसनमा बस्नुभएको छ ।

मन्त्री पुन र सचिव कुँवर प्रदेश सरकारकै संक्रामक तथा सरुवा रोग अस्पताल शिसुवाको आइसोलेसनमा बस्नुभएको छ । मन्त्री पुनको स्वास्थ्य सुधारोन्मुख रहेको सरुवा रोग अस्पतालका निर्देशक डा. विकास गौचनले बताउनुभयो । सचिव कुँवरभने सामान्य अवस्थामा हुनुहुन्छ । दुवैको दोस्रो परीक्षण तीन दिनपछि गरिने भएको छ ।

चिसोकै कारण यतिबेला रुवाखोकी लागेका अधिकाशंलाई निमोनिया देखिएको उक्त अस्पतालले जनाएको छ । गण्डकी प्रदेशमा हालसम्म १५ हजार ७ सय ७७ जनालाई कोरोना पोजेटिभ देखिएको छ ।

तीमध्ये १५ हजार २ सय ६० जना निको भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ भने हालसम्म २ सय ३ संक्रमितको मृत्यु भइसकेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button