गण्डकीसमाचार

अमेरिकी राष्ट्रपति बाइडेनलाई मार्ने धम्की दिने युवक पक्राउ

गण्डकी खबर । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउसमा फोन गरेर राष्ट्रपति जो बाइडेनलाई मार्ने धम्की दिने एक युवकलाई पक्राउ गरिएको छ। नर्थ क्यारोलाइनाका २७ वर्षीय डेभिड के रिभेसलाई प्रहरीले अघिल्लो साता संघीय अभियोगमा पक्राउ गरेको हो। डेभिडले जनवरी अन्तिमदेखि फेब्रुअरी पहिलो सातासम्म ह्वाइटहाउसमा फोन गरेर ‘म बाइडेनको घाँटी काट्छु’ भन्दै धम्की दिन्थे।

अभियोजनकर्ताहरूका अनुसार उनले क्यापिटल प्रहरी र सेक्रेट सर्भिस एजेन्टलाई पनि धम्की दिने गरेका थिए। अमेरिकी राष्ट्रपतिलाई धम्की दिनेलाई पाँच वर्ष जेल र २ लाख ५० हजार अमेरिकी डलरसम्म जरिवाना हुने कानुनी व्यवस्था छ। डेभिड यसअघि सन् २००९ मा लुटपाटमा संलग्न भएका थिए। सेक्रेट सर्भिस एजेन्टले धम्कीबारे अनुसन्धान गर्न फोन गर्दा रेभिसले आफूले अभिव्यक्ति स्वतन्त्रताको प्रयोग गरेको र कुनै गल्ती नगरेको बताएका थिए।

केही समयपछि उनले फेरि तिनै एजेन्टलाई फोन गरेर आफूले सबैलाई मारिदिने धम्की दिएका थिए। सेक्रेट सर्भिस एजेन्टसँग कुरा गरेको साँझ उनले फेरि ह्वाइटहाउसमा फोन गरेर राष्ट्रपति बाइडेनलाई मार्ने धम्की दोहोर्याएका थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button