
गण्डकी खबर । जिल्लामा बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
गुल्मीको मदाने गाउँपालिका–४ म्यालपोखरी बिरौटाकी अन्दाजी १४ वर्षकी बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा मालिका गाउँपालिका–४ अर्खाबाङका २९ वर्षका रमेश भन्ने जगतबहादुर रानालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम प्रसाद पाण्डेले बताउनुभयो ।
रानाले माघ २६ गते बेलुकी करिब ४ बजेतिर आफनो कोठामा लागि ललाई–फकाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पीडित परिवारले माघ २६ गते इलाका प्रहरी कार्यालय पुर्कोट दहमा दिएको उजुरिका आधारमा प्रहरी नायव निरीक्षक दिपेश राईको कमाण्डमा प्रहरी टोलीले जगतबहादुर रानालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय गुल्मीमा राखिएको प्रहरीले जनाएको छ ।
रानालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय तम्घासमा ल्याई थप अनुसन्धान कार्य भइरहेको नायव उपरीक्षक (डीएसपी) पाण्डेले बताउनुभयो ।
जबर्जस्ती करणीमा पक्राउ परेका रानाले मदाने गाउँपालिका ४ मा ज्यामी काम गर्दै आएका थिए । घटनाबारे थप अनुसन्धान भैरहेको गुल्मी प्रहरीले जनाएको छ ।