गण्डकीसमाचार

जनयुद्ध दिवस भव्यताका साथ मनाउन नेकपाकाे निर्णय

गण्डकी खबर । नेपाल कम्युनिस्ट पार्टी बहुमत पक्षले फागुन १ गते जनयुद्ध दिवस भव्यताका साथ मनाउने निर्णय गरेको छ।

केन्द्रीय कार्यालयका सचिव गंगालाल तुलाधरले एक सर्कुलर जारी गर्दै पार्टीका जिल्ला कमिटीहरुलाई ‘शहीद स्मृति तथा सम्मान कार्यक्रम’ को ब्यानरमा जनयुद्ध दिवसको कार्यक्रम भव्यतापूर्वक गर्न अनुरोध गर्नुभएको छ ।

तत्कालीन नेकपा माओवादीले २०५२ फागुन १ गतेबाट सशस्त्र द्वन्द्व थालेको थियो। माओवादी शान्ति प्रक्रियामा आएपछि पनि सोही दिनको सम्झनामा जनयुद्ध दिवस मनाइन्छ।

ओली पक्षले भने उक्त दिवस मनाउने विषयमा कुनै कार्यक्रम नगरेको बताइएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button