गण्डकीसमाचार

पछिल्लो २४ घण्टामा २ को मृत्यु, थप १२७ जनामा कोरोना सङ्क्रमण

गण्डकी खबर । पछिल्लो २४ घण्टामा थप १२७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितहरुको संख्या २ लाख ७२ हजार ५५७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभरमा पछिल्लो २४ घण्टामा १३६ जना संक्रमित निको भएका छन्। हालसम्म २ लाख ६८ हजार ७९६ जना संक्रमित निको भएर डिस्चार्ज भइसकेका छन् । आज अपरान्हसम्म नेपालमा सक्रिय संक्रमितको संख्या १ हजार ७ सय ७ जना रहेका छन् ।

आज थप २ को कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ५४ पुगेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button