गण्डकीसमाचार

स्कार्पियोको ठक्करबाट टेम्पो चालकको मृत्यु

गण्डकी खबर । सिरहा-चोहर्वा सडक खण्डअन्तर्गत सिरहाको विष्णुपुर गाउँपालिका ५, लक्ष्मीपुर चोकमा आज प्रदेश २ का मुख्यमन्त्री कार्यालयको स्कार्पियो गाडीले टेम्पोलाई ठक्कर दिँदा टेम्पो चालकको मृत्यु भएको छ ।

प्रदेश २ मा सञ्चालित मुख्यमन्त्री स्वच्छता अभियानको प्रदेश २(०२००१ झ ००५७ नम्बरको स्कार्पियो गाडीले स।१ह ३०४३ नम्बरको टेम्पोलाई ठक्कर दिँदा टेम्पो चालक सिरहाको कल्याणपुर नगरपालिका १२ का ४० वर्षीय जयप्रकाश साहको मृत्यु भएको हो ।

स्कार्पियो गाडी ठक्करबाट सख्त घाइते टेम्पो चालकलाई उपचारका लागि लहानस्थित अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने गाडी र चालक जनकपुरधाम उपमहानगरपालिका ७ का ३५ वर्षीय रवीन्द्र झालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button