गण्डकीसमाचार

भारतको हरियाणामा गोली हानेर पाँच जनाको हत्या

गण्डकी खबर । भारतको हरियाणामा गोली हानेर पाँच जनाको हत्या भएको छ । हरियाणाको रोहतक जिल्लास्थित एक कुस्ती केन्द्रमा शुक्रबार बेलुकी गोली चलेको हो ।

घटनामा पाँच जनाको मृत्यु भएको र दुई जना घाइते भएको समाचार एजेन्सी एएनआईले जनाएको छ । पुरानो रिसिइबीका कारण एउटा समूहले गोली चलाएको बताइएको छ ।

प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button