गण्डकीसमाचार

भारत र चीनबाट कोरोनाविरुद्धको भ्याक्सिन खरिद गर्दै छौ: प्रधानमन्त्री

गण्डकी खबर । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत र चीनबाट कोरोना भाइरसविरुद्धको भ्याक्सिन खरिद गर्न लागिएको खुलासा गरेका छन् । उनले आज बुटवलको सभामा बोल्दै भ्याक्सिन केही अनुदान र बाँकी खरिद गरी ल्याउन लागिएको बताए ।

‘भारत र चीनबाट भ्याक्सिन ल्याउँदैछौं, केही अनुदान र केही खरिद गरी ल्याउँछौं,’ ओलीले भने । उनले कोरोना भाइरसविरुद्धको संघर्षमा नेपाल निकै सफल भएको बताए ।

भारतले सेरम कम्पनिले उत्पादन गरेको अक्सफोर्डको कोभिशिल्ड भ्याक्सिन १० लाख डोज अनुदान स्वरुप दिइसकेको छ । चीनले ५ लाख डोज सिनोफामको भ्याक्सिन अनुदान दिने घोषणा गरेको छ । बेलायतले पनि २० लाख डोज भ्याक्सिन अनुदान दिने घोषणा गरिसकेको छ ।

त्यसबाहेकका भ्याक्सिन नेपालले खरिद गर्ने प्रक्रिया बढाइसकेको छ । भारत र चीनबाट ती भ्याक्सिन खरिद गर्ने खुलेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button