
गण्डकी खबर । काठमाडौंको माइतीघर मण्डलामा आज शनिबार पनि ब’ला’त्कारीलाई सार्वजनिक गर्न माग गर्दै प्रदर्शन गरिएको छ । ब’ला’त्कारी ह’त्या’राहरुलाई सार्वजनिक गर्न र पी’डितलाई न्याय दिन माग गर्दै युवतीहरुले आँखामा कालोपट्टी बाँधेर विरोध प्रदर्शन गरेका हुन् ।
केही समय धर्ना समेत दिएका उनीहरुले आँखामा कालो पट्टी लगाएर युवतीहरुले महिला सुरक्षा, अ’प’राधीलाई का’र’बाही र पी’डितलाई न्याय दिन माग गर्दै आएका छन् ।
तिम्रा कानुन चाहिँदैन छोरी मा’र्न पाइँदैन, ब’ला’त्कारी सरकार मुर्दावाद ह’त्या’रालाई सार्वजनिक गर, ब’ला’त्कारीलाई फाँ’सी दे जस्ता नाराबाजी लगाएका उनीहरुले विरोध प्रदर्शन गरेका थिए ।
पछिल्लो समय देशमा दिनप्रतिदिन ब’ला’त्कारपछि ह’त्याका घटना बढ्दै गए पनि सरकारले अभियुक्त अबिलम्ब पत्ता लगाउन नसकेपछि चौतर्फी बिरोध गरिंदै आइएको छ ।