गण्डकीसमाचार

टाइगर कप भलिबल महिलातर्फको उपाधि पुलिसलाई

गण्डकी खबर । नेपाल पुलिस क्लबले टाइगर कप आमन्त्रित राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फको उपाधि जितेको छ ।

शनिबार पोखरा रंगशालामा भएको फाइनल खेलमा पुलिसले एपीएफ क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि उचाल्यो । पुलिसले ‘डर्बी’ क्लब एपीएफमाथि २५–२२, २५–२२ र २५–२१ को सेटमा जित निकाल्यो ।

उपाधिसँगै पुलिसले एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्‍यो । उपविजेता बनेको एपीएफले ७५ हजार पायो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button