गण्डकीसमाचार

पश्चिमी वायुको प्रभाव : आज देशभर सामान्यदेखि आंशिक बदली

गण्डकी खबर । पश्चिमी वायुको प्रभावले हाल देशका केही स्थानमा सामान्यदेखि आंशिक बदली रहेको छ । यसको सामान्य प्रभाव अझै केही दिन रहनेछ ।

आज देशभर दिनैभरि बादल र उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ‘‘देशैभर बादल लाग्ने देखिन्छ । घाम लागिहाले पनि पातलो लाग्नेछ,’’ महाशाखाकी मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो।

बादल लागे पनि देशभर तत्काल वर्षाको सम्भावना नदेखिएको उनले बताइन् । कतै–कतै क्षणिक फाट्टफुट्ट वर्षा भने हुनसक्ने उनको भनाइ छ ।

आज बिहान पौने ६ बजे गरिएको मापनअनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ८.५ डिग्री सेल्सियस रहेको उनले जानकारी दिइन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button