नेपाली लेग स्पीनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आईपीएल)को १४औं संस्करणका लागि कुनै पनि टिममा अनुबन्ध हुन असफल भएका छन् ।
चेन्नईमा जारी आईपीएलको अक्सनमा सन्दीपलाई कुनैपनि टिमले बोलि लगाएनन् । अक्सनमा सन्दीपको न्युनतम मूल्य ४० लाख भारु रहेको थियो ।
सन्दीपले पहिलो पटक सन् २०१८ मा दिल्ली क्यापिटल्सबाट आइपिएल खेलेका थिए । सन्दीप न्युनतम मूल्य ३२ लाख रुपैयाँमा अनुबन्ध भएका थिए । युएईमा भएको गत सिजनको आईपीएलमा भने सन्दीप बेन्चमै सिमित भएका थिए । तीन सिजन दिल्लीमा बिताएपछि सन्दीपलाई दिल्लीले रिलिज गरेको थियो ।