leading news portal from gandaki

युभेन्ट्सले क्रोटोनलाई ३–० हरायो, रोनाल्डोको दुई गोल

साविक विजेता युभेन्ट्सले इटालियन सिरी ‘ए’ फुटबलमा जित हासिल गरेको छ । सोमबार राति भएको खेलमा युभेन्ट्सले क्रोटोनलाई ३–० ले हरायो ।

घरेलु मैदानमा युभेन्ट्सलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे । वेस्टन म्याकेनीले एक गोल थपे । खेलको ३८औँ मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गरेपछि युभेन्ट्सले २–० को अग्रता बनायो । रोनाल्डो लगातार १४ सिजन २५ भन्दा बढी गोल गर्ने खेलाडी बनेका छन् ।

६६औँ मिनेटमा वेस्टनले गोल गर्दै युभेन्ट्सलाई ३–० को जित दिलाए । जितसँगै युभेन्ट्स लिगको तेस्रो स्थानमा उक्लिएको छ । युभेन्ट्सले २२ खेलबाट ४५ अंक जोडेको छ ।

क्रोटोन १२ अंकसहित पुछारमा छ ।

सम्वन्धित खबर
प्रतिक्रिया दिनुहोस्

तपाइको इमेल गोप्य रहनेछ

साताको ट्रेन्डीङ्

शेयर बजारमा नयाँ रेकर्ड

By गण्डकी खबर / १९ पुष २०७७, आईतवार १८:०० / 0 Comments

माघे सङ्क्रान्तिमा सार्वजनिक बिदा

By गण्डकी खबर / २८ पुष २०७७, मंगलवार २०:०५ / 0 Comments

सिफारिस