leading news portal from gandaki

गलकोटको सामुदायिक वनमा आगलागी, आगो १८ घण्टापछि नियन्त्रणमा

बागलुङको जंगलमा लागेको आगो स्थानीयले नियन्त्रण लिएर निभाएका छन् ।

गलकोट नगरपालिका वडा नं ५ र ७ का ३ सामुदायिक वनमा सोमबारदेखि लागेको आगो १८ घण्टापछि स्थानीयले सोमबार बिहानदेखि लागेको आगो राति निभाउन सफल भएका हुन् । सामुदायिक वनका उपभोक्ताहरूको सक्रियतामा आगो नियन्त्रण गरिएको ठूलाचौर महिला सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष थुम कुमारी थापाले जानकारी दिनुभयो ।

आगलागीबाट वनमा करोडौको काठ-दाउराको क्षति भएको छ । भैंसे दान्सीङ डाँडा सामुदायिक वन गलकोट नगरपालिका वडा नं ५ देखि शुरु भएको आगो गगनपानी सामुदायिक वन हुँदै छिमेकी वडाको ठूलाचौर सामुदायिक वनसम्म फैलिएको थियो । सोमबार राति स्थानीयनै आगो निभाउन जुटेपछि नियन्त्रणमा लिन सफल भइएको जानकारी गलकोट नगरपालिका वडा नं ७ का वडा अध्यक्ष टीकाबहादुर थापाले दिनुभयो ।

मोवाइल र टर्च लाइटको साहारामा स्थानीयले जंगलमा भीर नभनिकन आगो निभाउन सक्रिय बनेको स्थानीय बाबुराम थापालेजानकारी दिनुभयो ।आगोले एक सय २५ हेक्टर क्षेत्रफलमा फैलिएको जंगल जलेर नष्ट भएको स्थानीयले बताएका छन् । आगो नियन्त्रणमा लिन ईलाका प्रहरी कार्यालय गलकोटको टोलपनि पुगेको थियो ।रासस

सम्वन्धित खबर
प्रतिक्रिया दिनुहोस्

तपाइको इमेल गोप्य रहनेछ

साताको ट्रेन्डीङ्

शेयर बजारमा नयाँ रेकर्ड

By गण्डकी खबर / १९ पुष २०७७, आईतवार १८:०० / 0 Comments

माघे सङ्क्रान्तिमा सार्वजनिक बिदा

By गण्डकी खबर / २८ पुष २०७७, मंगलवार २०:०५ / 0 Comments

सिफारिस