काठमाडौँ । न्यूज २४ मा ‘सिधा कुरा जनतासँग’ कार्यक्रम छोडेर नयाँ यात्रामा निस्कनुभएका रवि लामिछानेले ‘ग्यालेक्सी टिभी’ सञ्चालनमा ल्याउनुभएको छ ।
मंगलबार काठमाडौँमा एक कार्यक्रम गर्दै ‘गोर्खा मिडिया’ मार्फत ‘ग्यालेक्सी फोरके’ नामक टिभी सञ्चालन गर्न लागिएको घोषणा गरिएको हो ।
रवि लामिछाने म्यानेजिङ डाइरेक्टर रहनुभएको उक्त मिडियाका अध्यक्ष जिबि राई हुनुहुन्छ । त्यसैगरी छबिलाल बञ्जाडे उपाध्यक्ष हुनुहुन्छ ।
नेपालमा पहिलो फोरके टिभी आफूहरूले ल्याएको भन्दै लामिछानेले जनताका आवाजलाई प्राथमिकता दिने र मनोरञ्जनात्मक कार्यक्रम दिन टेलिभिजन ल्याइएको बताउनुभयो ।
आफू यहाँ म्यानेजिङ्ग डाइरेक्टर रहेपनि सामान्य सञ्चारकर्मी रहेको उहाँले बताउनुभयो ।