leading news portal from gandaki

सवारी दुर्घटनामा घाइते भएकाहरूको प्रदेश प्रमुख झाले गरे उद्धार

जनकपुरधाम । प्रदेश २ का प्रमुख राजेश झाले सवारी दुर्घटनामा घाइते भएकाहरूको उद्धार गर्नुभएको छ ।

बाराको निजगढ़मा दुर्घटनामा परेर छट्पटाई रहेका ४ जना व्यक्तिलाई उद्धार गरि अस्पताल पठाउनुभएको होे ।

जितपुरमा सैनिकको एउटा कार्यक्रममा सहभागी हुन जाँदै गर्नुभएका झाले निजगढको जंगलमा दुर्घटना पछि सडक छेउमा छट्पटाई रहेका घाइतेहरु देख्नुभएको थियो । उक्त अवस्था देखिपछि तत्कालै उहाँले उद्धारमा जुट्नुभयो ।

झाले आफ्नै सुरक्षामा खटेका एक सुरक्षाकर्मीको जिम्मा दिएर घाइते चारैजनालाई उपचारका लागि चन्द्रनिगाहपुरस्थित अस्पताल पठाउनुभयो ।

घाइतेमध्ये एक बच्चासमेत रहेको र उनीहरूको पहिचान तथा दुर्घटनाको कारण खुल्न सकेको छैन ।

सम्वन्धित खबर
प्रतिक्रिया दिनुहोस्

तपाइको इमेल गोप्य रहनेछ

साताको ट्रेन्डीङ्

शेयर बजारमा नयाँ रेकर्ड

By गण्डकी खबर / १९ पुष २०७७, आईतवार १८:०० / 0 Comments

माघे सङ्क्रान्तिमा सार्वजनिक बिदा

By गण्डकी खबर / २८ पुष २०७७, मंगलवार २०:०५ / 0 Comments

सिफारिस