leading news portal from gandaki

विभागीय टोली एपिएफ आहा रारा गोल्डकपको फुटबल प्रतियोगिता सेमिफाइनलमा

विभागीय टोली एपिएफ १९ औँ आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पोखरा रङ्गशालामा शनिबार भएको उद्घाटन खेलमा आयोजक सहारा क्लबमाथि १-० को जित निकाल्दै एपिएफले सेमिफाइनलमा स्थान बनाएको हो ।

अन्तिम समयसम्म निकै रोमाञ्चक बनेको खेलमा आयोजक सहारा र एपिएफले गोल रहित बराबरी खेलेका थिए । खेलको ८७ औँ मिनेटमा प्रदीप लामाले डिबक्स भित्र दिएको बललाई आशिषले जाली चुमाउँदै एपिएफलाई अन्तिम चारमा स्थान दिलाए ।

घरेलु मैदानमा अन्तिम तीन मिनेट सम्हालिन नसक्दा आयोजक सहारा प्रतियोगिताबाट बाहिरिएको छ । यस अघि सहारा प्रतियोगिताको १७ औँ सस्करणको उदघाटन खेलमा पनी विभागीय टोली एपिएफ संगै पराजित भएको थियो ।

एपिएफले अब सेमिफाइनलमा मनाङ र सङ्कटाबिचको विजयी टोलीसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा आइतबार मच्छिन्द्र क्लब र अफ्रिकन युनाइटेड बिच प्रतिस्पर्धा हुनेछ ।

आगामी २८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा स्वदेशी तथा विदेशी गरी कुल ८ टिमको सहभागिता रहेको छ ।

 

सम्वन्धित खबर
प्रतिक्रिया दिनुहोस्

तपाइको इमेल गोप्य रहनेछ

साताको ट्रेन्डीङ्

माघे सङ्क्रान्तिमा सार्वजनिक बिदा

By गण्डकी खबर / २८ पुष २०७७, मंगलवार २०:०५ / 0 Comments

सिफारिस