leading news portal from gandaki

पोखरामा ट्याक्सीले स्कुटरलाई ठक्कर दिदा स्कुटर चालकको मृत्यु

गण्डकी खबर ।  पोखरामा बिहीबार तीन सवारीसाधन ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ ।

पोखरा ३० शिशुवा चोकमा बेगनासबाट शिशुवातर्फ आउँदै गरेको ग१ज २२५८ नं को ट्याक्सीले ग१२प ४७०७ नं को स्कुटरलाई ठक्कर दिएपछि विपरीत दिशातर्फ जाँदै गरेको ग१त ४३०४ नं को ट्याक्टरमा ठक्कर खाँदा स्कुटरमा सवार व्यक्तिको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा पोखरा ३१ भञ्ज्याङका ६५ वर्षीय सोमराज सापकोटा रहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिनुभयो ।प्रहरी उपरीक्षक सिलवालका अनुसार बिहान ११:१० बजे भएको दुर्घटनामा गम्भीर घाइते भएका सापकोटाको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको हो ।

ट्याक्टर चालक र ट्याक्सी चालकसहित तीन वटै सवारी साधनलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्वन्धित खबर
प्रतिक्रिया दिनुहोस्

तपाइको इमेल गोप्य रहनेछ

साताको ट्रेन्डीङ्

माघे सङ्क्रान्तिमा सार्वजनिक बिदा

By गण्डकी खबर / २८ पुष २०७७, मंगलवार २०:०५ / 0 Comments

सिफारिस