leading news portal from gandaki

नयाँ भेरियन्टको कोरोना आएसंगै कम्तिमा ३ हप्ता विद्यालय बन्द गर्न सरकारसमक्ष सिफारिस

भारत पछी पछिल्लो समय नेपालमा पनि कोरोना संक्रमण बढ्दो छ ।

कोरोना भाइरसको नयाँ भेरियन्टको संक्रमण फैलन सक्ने भन्दै कोभिड संकट व्यवस्थापन केन्द्र सीसीएमसीले कम्तीमा ३ हप्ताका लागि विद्यालय बन्द गर्न सरकारसमक्ष सिफारिस गरेको छ ।

सिसिएमसीको शनिबार बसेको बैठकले पछिल्लो समय कोभिड संक्रमणको ग्राफ बढेको र नयाँ भेरियन्ट समेत देखा परेको भन्दै सतर्कता अपनाउन राष्ट्रिय रूपमा अपिल समेत गर्ने निर्णय गरेको हो। उपप्रधानमन्त्री तथा सीसीएमसीका संयोजक ईश्वर पोखरेलको अध्यक्षतामा शनिबार सिंहदरवारमा बसेको बैठकले संक्रमण बढी भएका स्थानहरुका विद्यालय तथा कलेजहरु कम्तिमा ३ सातासम्म बन्द गर्ने प्रस्ताव गरेको छ ।

त्यस्तै सरकारले कोरोनाको नयाँ प्रजातिको जोखिम कम गर्न विभिन्न ११ बुँँदे स्वास्थ्य मापदण्डसहितको निर्देशिका जारी गर्ने भएको छ । सपिङ मल, नाचघर, सिनेमा हल, पार्टी प्यालेस, हेल्थ क्लब, स्विमिङ पुल लगायतका क्षेत्र तथा धार्मिक स्थानहरुमा जनस्वास्थ्यका मापदण्डहरु पूर्ण रुपमा पालना गर्न र डीसीसीएमसीले कडाइका साथ अनुगमन गर्न निर्देशन दिएको छ ।

पछिल्लो २४ घण्टामा थप ३३७ जनामा कोरोना संक्रमण पुष्टि,एकको मृत्यु

काठमाडौँ,२८ चैत्र । पछिल्लो २४ घण्टामा थप ३३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५३२ जनाको पीसीआर परीक्षण गर्दा ३३७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै,पछिल्लो २४ घन्टामा १ जनाको मृत्यु भएको छ । मन्त्रालयको अनुसार १ सय ५१ जनाले कोरोना जितेका छन् ।

यससँगै देशभर कोरोना संक्रमितको संख्या २ लाख ७९ हजार ७२५ पुगेको छ भने कोरोनाबाट निको हुनेको संख्या २ लाख ७३ हजार ८८६ पुगेको छ । त्यसैगरी,मृत्यु हुनेको संख्या ३ हजार ३९ जना पुगेको छ ।

सम्वन्धित खबर
प्रतिक्रिया दिनुहोस्

तपाइको इमेल गोप्य रहनेछ

साताको ट्रेन्डीङ्

सिफारिस