leading news portal from gandaki

नयाँ स्वरुपको कोरोना संक्रमण बालबालिकामा उच्च देखियो

गण्डकी खबर । नेपालमा कोरोना भाइरसको नयाँ स्वरुपको संक्रमण बालबालिकामा उच्च देखिएको छ ।

एक वर्षमा ६ प्रतिशत बालबालिका संक्रमित भएकोमा पछिल्लो एक हप्तामा दैनिक १५ प्रतिशतसम्म संक्रमण दर पुगेको स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।

शनिबार अर्थात २८ चैतमा तीन सय ३७ जनामा कोरोना संक्रमणको पुष्टि हुँदा ५२ जना १८ वर्षमुनिका छन् । यो कुल संक्रमणको १५ दशमलव चार प्रतिशत हो ।

२७ चैतमा दुई सय ८८ जनामा कोरोना संक्रमण देखिएको थियो । त्यसमध्ये ३४ जना १८ वर्षभन्दा मुनिका बालबालिका छन् । यो कुल संक्रमणको ११ दशमलव ८ प्रतिशत हो ।

२६ चैतमा ३ सय ३२ जनामा कोरोना पाजेटिभ हुँदा १५ दशमलव ३६ प्रतिशत अर्थात ५१ जना बालबालिका छन् ।यसबाहेक २५ चैतमा दुई सय ९८ जना संक्रमित भेटिएका थिए । त्यस दिन आठ दशमलव ३९ प्रतिशत अर्थात् २५ जना बालबालिका छन् ।

त्यसको अघिल्लो दिन २४ चैतमा दुई सय ६० जनामा कोरोना पुष्टि हुँदा २६ जना बालबालिका थिए । यो कुल संक्रमणको १० प्रतिशत हो ।त्यसअगाडि २३ चैतमा दुई सय ६६ जनामा कोरोना पजिटिभ देखिँदा ६ दशमलव ०१ प्रतिशत अर्थात १६ जना बालबालिका थिए ।यसबाहेक २२ चैतमा एक सय ७६ जना कोरोना संक्रमित भएकोमा सात दशमलव ९५ अर्थात १४ जना बालबालिका छन् ।

यता २१ चैतमा एक सय २८ जनामा कोरोना पुष्टि हुँदा आठ दशमलव ८९ प्रतिशत अर्थात ११ जना बालबालिका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. समीर अधिकारीका अनुसार कोरोनाको दोस्रो लहरमा धेरै बालबालिका संक्रमित भएका छन् ।

सम्वन्धित खबर
प्रतिक्रिया दिनुहोस्

तपाइको इमेल गोप्य रहनेछ

साताको ट्रेन्डीङ्

सिफारिस