leading news portal from gandaki

स्याङ्जाका पुरुष काठमाडौंको गेष्टहाउसमा मृत फेला

संगै बस्ने २ जना पक्राउ

गण्डकी खबर । काठमाडौंको गोंगबुस्थित गेष्टहाउसमा एक पुरुष मृत फेला परेका छन् ।

शनिबार राति पौने १० बजे गोदावरी सन्तोषी गेष्टहाउसमा स्याङ्जा घर भई नवलपरासी बस्ने नारायण घर्ती मृत फेला परेका थिए।

मृतकसंगै सोही होटलमा बसेका ढकुराम बस्‍नेत र राजकुमार गाहालाई प्रहरीले पक्राउ गरिसकेको छ। प्रहरीले बस्नेतलाई बुटवलबाट पक्राउ गरी काठमाडौं ल्याउँदै गरेको परिसरका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले जानकारी दिए।

कवर योगीलाई प्रहरीले काठमाडौं आरूबारीबाट पक्राउ गरेको हो। त्यस्तै शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्‍ज लगिएको प्रहरीले जनाएको छ ।

मृतकको शरिरमा बाहिरी चोटपटक केहि पनि नदेखिएको तर पोष्टमार्टमबाट थप पुष्टि हुने प्रहरीले जनाएको छ । शंकास्पद मृत्यु बारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

सम्वन्धित खबर
प्रतिक्रिया दिनुहोस्

तपाइको इमेल गोप्य रहनेछ

साताको ट्रेन्डीङ्

सिफारिस